१९ चैत्र २०८२, बिहीबार
खेलकुद समाचार समाज

धोनीको उत्कृष्ट फिनिसिङका बाबजुद पहिलो पटक हार्‍यो चेन्नाई

१९ चैत, काठमाडौं । ४२ वर्षीय विकेटकिपर महेन्द्रसिंह धोनीको उत्कृष्ट फिनिसिङका बाबजुद चेन्नई सुपर किंग्स इन्डियन प्रिमियर लिग(आईपीएल) २०२४ मा दिल्ली क्यापिटल्ससँग २० रनले पराजित भएको छ । चेन्नाईको पहिलो हार र दिल्लीको पहिलो जित हो ।

१९२ रनको लक्ष्य पछ्याएको चेन्नाईले २० ओभरमा ६ विकेट गुमाउँदै १७१ रन बनायो । चेन्नाईका धोनी १६ बलमा ४ चौका र ३ छक्कासहित ३७ रनमा नट आउट रहे । धोनीले अन्तिम ओभरमा एनरिच नोर्कियालाई समान २ छक्का र चौकासहित कुल २० रन प्रहार गरेका थिए ।

अजिंक्या रहाणे ३० बलमा ५ चौका र २ छक्कासहित ४५, कप्तान ऋतुराज गायकवाड १, रचिन रविन्द्र २, डर्याल मिचेल ३४, शिबम दुबे १८ र समिर रिज्वी शून्यमा आउट भए ।

जडेजा १७ बलमा २ चौकासहित २१ रनमा नट आउट रहे । दिल्लीका मुकेश कुमार ३, खलिल अहमद २ र अक्षर पटेलले एक विकेट लिए ।

त्यसअघि विशाखापट्टनमा टस जितेर पहिला ब्याटिङ रोजेको दिल्लीले २० ओभरमा ५ विकेट गुमाउँदै १९१ रन बनायो । दिल्लीका डेविड वार्नरले ३५ बलमा ५ चौका र ३ छक्कासहित ५२ तथा अर्का ओपनर पृथ्वी शाले २७ बलमा ४ चौका र २ छक्कासहित ४३ रन बनाए ।

कप्तान ऋषभ पन्तले ३२ बलमा ४ चाका र ३ छक्कासहित ५१ र मिचेल मार्श १८ रनमा आउट भए ।

चेन्नाईका मथिशा पाथिरानाले ४ ओभरमा ३१ रन खर्चेर ३, मुश्ताफिजुर रहमान र रविन्द्र जडेजाले १(१ विकेट लिए । आईपीएलमा आज मुम्बई इन्डियन्स र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुनेछ ।

कोलकाता २ खेलमा ४ अंकका साथ शीर्ष स्थानमा छ । चेन्नाई ३ खेलमा २ मा जित र १ मा हारसहित दोस्रो स्थानमा छ । राजस्थान २ खेलमा ४ अंकका साथ तेस्रो स्थानमा छ ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected