१९ चैत्र २०८२, बिहीबार
खेलकुद मुख्‍य समाचार

दिल्लीका कप्तान ऋषभ पन्तलाई १९ लाख जरिवाना

१९ चैत, काठमाडौं । दिल्ली क्यापिटल्सका कप्तान ऋषभ पन्तलाई इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ मा १२ लाख भारु (१९ लाख २४ हजार रुपैयाँ) जरिवाना लागेको छ ।

आइतबार राति चेन्नाई सुपर किंग्सविरुद्द खेलको क्रममा स्लो ओभर रेट(निर्धारित समयभन्दा बलिङ ढिलो सकेपछि ) जरिवानामा परेका हुन् ।

जारी आईपीएलमा स्लो ओभर रेटका कारण जरिवानामा पर्ने गुजरात टाइटन्सका शुभमन गिलपछि पन्त दोस्रो कप्तान हुन् ।

गत मंगलबार गिल चेन्नाईविरुद्ध नै कारबाहीमा परेका थिए । पन्तको अर्धशतकको सहयोगमा दिल्लीले चेन्नाई सुपर किंग्सलाई २० रनले हराउँदै पहिलो जित हात पारेको छ ।

विशाखापट्टनमा टस जितेर पहिला ब्याटिङ रोजेको दिल्लीले २० ओभरमा ५ विकेट गुमाउँदै १९१ रन बनायो ।

कप्तान ऋषभ पन्तले ३२ बलमा ४ चौका र ३ छक्कासहित ५१ रनको इनिङ खेलेका थिए । २०२२ मा कार दुर्घटनापछि पन्त यसै आईपीएलबाट क्रिकेटमा फर्किएका छन् ।

पन्तको लय भारतीय क्रिकेटका लागि धेरै राम्रो संकेत हो ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected