१९ कार्तिक २०८२, बुधबार
खेलकुद मुख्‍य समाचार समाचार समाज

नेपालले आज आयरल्यान्ड ‘ए’सँग दोस्रो खेल खेल्दै

१३ चैत, काठमाडौं । नेपालले दुई टी-२० अभ्यास खेलअन्तर्गत आज आयरल्यान्ड ‘ए’सँग दोस्रो खेल खेल्दैछ । खेल दिउँसो १ बजे टी-यु क्रिकेट मैदानमा हुनेछ । यो खेल सकाएर नेपाल भारत भ्रमणमा जानेछ ।

सोमबार भएको पहिलो खेलमा नेपालले आयरल्यान्डलाई ६ विकेटले हराएको थियो । टी-२०आई र टी-२० मान्यता नपाएको हुँदा यो अभ्यास खेल मात्रै हो । त्यसैले नेपाली खेलाडीहरूले बिनादबाब खेलिरहेका छन् ।

नेपालको रोहित पौडेल र आयरल्यान्डको निल रकले कप्तानी गर्नेछन् । आयरल्यान्डको सिनियर टोलीबाट खेलेका ९ खेलाडी यस टोलीमा छन् ।

सिनियर टोलीका पिटर मुर, ग्यारेथ डेलानी र बेन ह्वाइट जस्ता स्टार खेलाडी आयरल्यान्डका मुख्य हतियार हुन् । पहिलो रोजाइका अलराउन्डर डेलानीले आयरल्यान्डबाट ६७ टी-२० आई खेल खेलेका छन् ।

यता नेपालका दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल र कुशल भुर्तेल प्रमुख खेलाडी हुन् । अभ्यास खेल हुँदा नेपालले आज बेन्च स्टेन्थ पनि परीक्षण गर्न सक्छ ।

पहिलो खेलमा मौका नपाएका अनिल शाह, विवेक यादव र आकाश चन्दलाई आज मौका दिने सम्भावना छ ।

आयरल्यान्ड ए को टोली

निल रक (कप्तान), पिटर मुर, रस आदिर,केड कार्माइकल, ग्यारेथ डेलानी, स्टीफन डोहेनी, म्याथ्यु फस्टर, फिन हृयान्ड, गेभिन होई, म्याथ्यू हम्फ्रेज, थोसम मेयस, लियाम म्याककार्थी, जेम्श म्याकुलम, मोर्गन टोप्पिङ र बेन हृवाइट ।

नेपालको टोली

रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा, अनिल शाह, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जि।सी, अभिनाश बोहरा र आकाश चन्द ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected