२९ माघ २०८२, बिहीबार
खेलकुद मुख्‍य समाचार समाचार समाज

आयरल्यान्ड ‘ए’लाई नेपालले ६ विकेटले हरायो

१२ चैत, काठमाडौं । घरेलु टोली नेपालले पहिलो टी-२० अभ्यास खेलमा टेस्ट टोली आयरल्यान्ड ‘ए’लाई ६ विकेटले हराएकोछ । योसँगै दुई खेलको सिरिजमा नेपालले १-० को अग्रता लिएको छ ।

जितको लागि १२२ रनको लक्ष्य पछ्याएको नेपालले १६.१ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्‍यो । नेपालको जितमा ओपनर कुशल भुर्तेल ३२ बलमा ४ चौकासहित सर्वाधिक ३७ रनमा नट आउट रहे । दीपेन्द्रसिंह ऐरी १२ बलमा २ चौका र १ छक्कासहित २० रनमा नट आउट रहे ।

ओपनर आसिफ शेख ११ बलमा २ चौका र १ छक्कासहित १६ रनमा, कप्तान रोहित पौडेल शून्य र गुलशन झा ४ रनमा आउट भए । व्यक्तिगत २ रनमा जीवनदान पाएका सन्दीप जोराले ३५ बलमा ३ चौका र २ छक्कासहित ३६ रन बनाए ।

उनले चौथो विकेटका लागि सन्दीप र कुशल भुर्तेलले ५० बलमा ५४ रनको साझेदारी गरेका थिए । आयरल्यान्डका ग्यारेथ डेलानीले २, बेन ह्वाइट र थोमस मेयसले १/१ विकेट लिए ।

त्यसअघि टीयु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको आयरल्यान्ड २० ओभरमा १२१ रनमा अल आउट भएको थियो । आयरल्यान्डका ओपनर स्टेफन डोहेनीले ३९ बलमा ४ चौका र २ छक्कासहित सर्वाधिक ४६ रन बनाएका थिए । अन्य कुनै पनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।

नेपालका कुशल भुर्तेल, गुलशन झा र ललित राजवंशीले २–२ विकेट लिए । करण केसी र कुशल मल्लले १–१ विकेट लिएका थिए । दोस्रो खेल मंगलबार हुनेछ । त्यसपछि आयरल्यान्ड ए ले नेपाल ए सँग समान तीन टी२० र एकदिवसीय अभ्यास खेल खेल्नेछ ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected