२९ माघ २०८२, बिहीबार
खेलकुद मुख्‍य समाचार समाचार

आर्मीमाथि रोमाञ्चक जितसँगै हेल्प नेपाल च्याम्पियन

१० चैत्र, काठमाडौं । हेल्प नेपालले आरबीबी आठौं एनभीए भलिबल च्याम्पियनसिप अन्तर्गत पुरुषतर्फ फाइनलमा त्रिभुवन आर्मी क्लबलाई हराउँदै च्याम्पियन बनेको छ ।

शनिबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको फाइनल खेलमा हेल्प नेपाल ३-२ ले विजयी हुँदै उपाधि जितेको हो ।

हेल्प नेपालले रोमान्चक खेलमा २०-२५, २७-२५, २३-२५, २९-२७, २२-२० ले जितेको हो ।

पहिलो सेटको सुरुवातमा आर्मी ८-४ को अग्रता लिएको थियो । आर्मीलाई कभर्डहलमा दर्शकको पनि राम्रो साथ मिलेको थियो । आर्मीले लगातार ४ अंकको अग्रता कायम गरेपछि हेल्प नेपाल दबाबमा परेको थियो ।

सेमिफाइनलमा चल्न नसकेका मानबहादुरले पहिलो सेटदेखि नै उत्कृष्ट प्रदर्शन गरेका थिए । धनबहादुर र हरि अधिकारीले पनि त्यतिनै प्रभाव छाडे । २३-१८ हुँदै सहज जितको आधार तय गरेको थियो । आर्मी २५-२० ले विजयी हुँदै सेटमा विजयी सुरुवात गरेको थियो ।

दोस्रो सेटको सुरुवातदेखि नै प्रतिस्पर्धा उच्च बनेको थियो । तीन पाकिस्तानी खेलाडीलाई रोक्दै आर्मी ११-८ ले अघि बढेको थियो । १४-९ ले पछि परेपछि हेल्प नेपालले पाकिस्तानका दुई खेलाडी फखार उदिन र कासिफ नवीदलाई बेन्चमा राखेको थियो ।

केही समय विश्रामपछि फर्केका पाकिस्तानी खेलाडीले राम्रो पुनरागमन गराए । लगातार ४ अंक बटुल्दै २३-२२ ले हेल्प नेपाललाई अघि बढाएपछि खेल रोचक बनेको थियो । दुर्गा महतोको चलाखीपूर्ण स्पाइकमा २४-२४ बराबर भएको थियो ।

मानबहादुरको स्पाइक बाहिएपछि हेल्प नेपाल २७-२५ ले विजयी भएको थियो ।

चौथो सेटको सुरुमा हेल्प नेपालले १०-७ को अग्रता लिएको थियो । एक समय ५ अंकले पछि परेको आर्मीले उत्कृष्ट पुनरागमन गर्दै १८-१७ हुँदै अघि बढेको थियो ।

धन र मानबहादुरको शक्तिशाली स्पाइकको सहयोगमा आर्मीले तेस्रो सेट २५-२३ ले जितेको थियो ।

चौथो सेटमा हेल्प नेपालले ८-० को सुरुवात गरेको थियो । आर्मी खेलमा फर्किदै १३-१५ नजिक पुगेको थियो । राजेन्द्र बिस्ट र धनले लगातार अंक जोडेपछि २२-२२ बराबर भएको थियो । २७ बराबरको रोमान्चक खेलमा हेल्प नेपालले लगातार २ अंकका साथ २९-२७ ले जित्यो ।

निर्णायक पाँचौ सेटमा आर्मीले ५ बराबरबाट लगातार दुई अंक जोडेको थियो । आर्मीले ८-६ मा कोर्ट परिवर्तन गरेको थियो । हेल्प नेपालले ९ मा पुगेर बराबरी गरेको थियो । उच्च प्रतिस्पर्धा भएको खेल २०-२० बराबरीमा पुगेको थियो । हेल्प नेपालले २२-२० ले जित्न सफल हुँदै च्याम्पियन बनेको थियो ।

प्रतियोगिताको दुवैतर्फको विजेताले ५ लाख, दोस्रोले २ लाख ५० हजार र तेस्रो टोलीले १ लाख २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

महिलातर्फ एपीएफ र पुरुषतर्फ पुलिस तेस्रो बने । महिलातर्फ फाइनलमा एभरेष्ट भलिबल क्लब बुटवलले जितेको जित्यो । एभरेष्टले फाइनलमा पुलिसलाई हराएको थियो ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected