२२ फाल्गुन २०८२, शुक्रबार
मुख्‍य समाचार राजनीति

केपी ओलीले पार्टीका विभागीय प्रमुखहरुसँग छलफल गर्ने

९ चैत, काठमाडौं । नेकपा एमालेले पार्टीका विभागीय प्रमुखहरुको बैठक बोलाएको छ । आइतबार बिहान ११ बजे केन्द्रीय कार्यालय च्यासलमा विभागीय प्रमुखहरुको बैठक बोलाइएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए ।

गौतमका अनुसार, बैठकमा अध्यक्ष केपी शर्मा ओलीले विभागीय प्रमुखहरुसँग छलफल गर्नेछन् । विभागले गरिरहेको कामको रिपोर्टिङ, पार्टीलाई विभागका तर्फबाट दिइने सुझाव र नयाँ योजना निर्माणबारे बैठकमा छलफल हुने उनले बताए ।

‘पार्टीमा देखिएको समस्या र समाधानबारे पार्टी अध्यक्षले विभागीय प्रमुखहरुसँग गर्न बैठक बोलाइएको हो’, गौतमले भने । एमालेले ३३ वटा विभागीय अभ्यासको प्रयोग गर्दै आएको छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।