२२ फाल्गुन २०८२, शुक्रबार
मुख्‍य समाचार राजनीति

महाधिवेशन तयारी गर्न एकीकृत समाजवादीले बनायो १३ कमिटी

४ चैत, काठमाडौं । नेकपा एकीकृत समाजवादीले आगामी जेठ पहिलो साता हुने दशौं राष्ट्रिय महाधिवेशनको तयारीका लागि १३ वटा समिति गठन गरेको छ ।

केन्द्रीय कमिटी र केन्द्रीय निकायका सबै नेताहरुलाई राखेर समितिहरु गठन गरिएको अपानि–१४ मा उल्लेख छ । ‘महाधिवेशन तयारीका क्रममा पार्टी सचिवालयको बैठकले केन्द्रीय कमिटी र केन्द्रीय निकायका सबै कमरेडहरु रहेनगरी पार्टी अध्यक्ष कमरेड माधवकुमार नेपालको नेतृत्वमा मूल व्यवस्थापन कमिटी र विभिन्न समितिहरु समेत निर्माण गरेको छ’, अपानिमा भनिएको छ ।

अपानि अनुसार, झलनाथ खनालको नेतृत्वमा अतिथि सत्कार कमिटी, डा. वेदुराम भुसालको संयोजकत्वमा प्रतिनिधि व्यवस्थापन कमिटी, प्रमेश हमालको संयोजकत्वमा अर्थ परिचालन कमिटी र रामचन्द्र झाको संयोजकत्वमा संस्कृति तथा कला साहित्य कमिटी गठन गरिएको छ ।

यस्तै डा. विजय पौडेलको संयोजकत्वमा जनपरिचालन तथा यातायात कमिटी, जगनाथ खतिवडाको संयोजकत्वमा प्रचार प्रसार कमिटी, नागेन्द्र चौधरीको संयोजकत्वमा स्वास्थ्य व्यवस्थापन कमिटी र सावित्रा भुसालको संयोजकत्वमा आवास व्यवस्थापन कमिटी बनाइएको छ ।

केदार सिग्देलको संयोजकत्वमा खाद्य व्यवस्थापन कमिटी, गंगालाल तुलाधरको संयोजकत्वमा मञ्च तथा हल व्यवस्थापन कमिटी, केशरकुमार बिष्टको संयोजकत्वमा स्वयंमसेवक परिचालन कमिटी र घनश्याम भूसालको संंयोजकत्वमा सचिवालय कमिटी गठन गरिएको छ ।

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।