२१ फाल्गुन २०८२, बिहीबार
मुख्‍य समाचार राजनीति

निर्वाचित भए राष्ट्रिय सभाको गरिमा बढाउँछु : युवराज शर्मा

२८ फागुन, काठमाडौं । राष्ट्रिय सभाका अध्यक्षका उम्मेदवार युवराज शर्माले निर्वाचित भए राष्ट्रिय सभाको गरिमा बढाउने गरी काम गर्ने बताएका छन् ।

राष्ट्रियसभाको अध्यक्षमा उम्मेदवारी दर्ता गरेपछि संसद भवन नयाँ बानेश्वरमा पत्रकारहरुसँग कुरा गर्दै उनले संसदीय नियममा रहेर काम गर्ने बताए । ‘राष्ट्रिय सभाको अध्यक्षमा निर्वाचित भएको खण्डमा म सभाको गरिमा बढाउने नै काम गर्छु’ उनले भने ।

कांग्रेस उम्मेदवार शर्माको प्रस्तावकमा कांग्रेसका आनन्दप्रसाद ढुंगाना र समर्थनमा कांग्रेसका किरणबाबु श्रेष्ठ र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का शेखरकुमार सिंह छन् । निर्वाचन मंगलबार हुनेछ ।

सत्ता गठबन्धनका तर्फबाट नारायण दाहालको उम्मेदवारी परेको छ । दाहालको प्रस्तावकमा माओवादी केन्द्रका गोपी अछामी सार्की र समर्थकमा एमालेका देवेन्द्र दाहाल, एकीकृत समाजवादीका बेदुराम भुसाल र जसपाका मोहम्मद खालिद छन् ।

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।