२९ माघ २०८२, बिहीबार
खेलकुद मुख्‍य समाचार

केपी ओली कपको उपाधिका लागि मच्छिन्द्र र एनआरटी भिड्ने

१७ फागुन, काठमाडौं । डिफेन्डिङ च्याम्पियन मच्छिन्द्र फुटबल क्लव र न्युरोड टिम (एनआरटी) जारी केपी ओली कप राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधिका लागि प्रतिष्पर्धा गर्ने भएका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीवार सम्पन्न सेमिफाइनलमा डिफेन्डिङ च्याम्पियन मच्छिन्द्र र एनआरटीले आ–आफ्ना प्रतिद्वन्द्वीलाई हराउँदै उपाधि भिडन्त तय गरेका हुन् । यी दुईबीच शनिवार उपाधि भिडन्त हुनेछ ।

एनआरटीले अर्को शिर्ष डिभिजन क्लव जावलाखेल युथमाथि ३–० को सहज जित निकाल्यो । एनआरटीको जितमा सञ्जीव बिष्टले दुई तथा विवेक गुरुङले एक गोल गरे । मच्छिन्द्रले भने भारतीय क्लव मानेभञ्ज्याङ फुटबल क्लवलाई ५–० ले हराउँदै एनआरटीसँगको भेट पक्का गर्‍यो ।

मच्छिन्द्रको जितमा विमल घर्तीमगर, स्टेफन समिर बिनोङ, हिसुब थपलिया, देवेन्द्र तामाङ र आयुश घलानले गोल गरे । त्यसअघि एनआरटीले खेलको शुरुवातमा नै अग्रता लियो । पाँच मिनेटमै विवेकको गोलबाट एनआरटीले अग्रता पाएको हो ।

रन्दीप पौडेलको क्रस बललाई उनले पहिलो टचमा नै पोस्टको जाली चुमाए । तर पहिलो हाफमा थप गोल हुन सकेन । पहिलो हाफमा एनआरटी १–० ले अगाडि रह्यो । यद्यपि, दोस्रो हाफमा भने एनआरटी चम्कियो । दोस्रो हाफ शुरु भएको केही समयमा नै एनआरटीले दोस्रो गोल थप्यो ।

नेपाली राष्ट्रिय टोलीका सदस्य सञ्जीव विष्टले ५०औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर बनाए । रिचर्ड विलियम्सको थ्रु पासलाई सञ्जीवले सदुपयोग गरेका हुन् । यस क्रममा उनले जावलाखेलका डिफेन्डर सुनील खड्का र गोलकिपर युनेस चौधरीलाई बिट गर्दै जाली चुमाए ।

सात मिनेटपछि नै सन्जीवले व्यक्तिगत दोस्रो गोल गरे । पेनाल्टी बक्स बाहिरबाट उनको प्रहार जाली चुम्न पुग्यो । त्यसपछि दुवै तर्फबाट केही प्रयास भए पनि थप गोल हुन सकेन । यसअघि एनआरटीले थ्री स्टारलाई १–० र जावलाखेलले आयोजक केपी ओली एफसीलाई २–१ ले हराउँदै सेमिफाइनलमा स्थान बनाएका थिए ।

दोस्रो सेमिफाइनलमा मच्छिन्द्र पाहुना टोलीमाथि सहजै हाबी भयो । खेलको २६औं मिनेटमा विमलले फ्रिकिकमार्फत उत्कृष्ट गोल गर्दै मछिन्द्रलाई अग्रता दिलाए । दुई मिनेटपछि नै स्टेफनले मच्छिन्द्रको अग्रता दोब्बर बनाए ।

हिसुबले ३७ औं मिनेटमा हिसुबले गोल गरे । त्यससँगै पहिलो हाफमा नै मच्छिन्द्रले सहज अग्रता लियो । दोस्रो हाफमा पनि मच्छिन्द्रले दुई गोल थपेपछि पाहुना टोली बाहिरिन बाध्य भयो । देवेन्द्रले ५४औं मिनेटमा गोल गरे र मच्छिन्द्र ४–० ले अगाडि बढ्यो ।

उत्सव राईको कर्नर बललाई उनले हेडमार्फत जाली चुमाए । त्यसपछि केही समय पाहुना टोलीले मच्छिन्द्रलाई रोक्यो । तर, इन्जुरी समयमा आयुषले गोल गर्दै मछिन्द्रलाई ५–० को रबाफिलो जित दिलाए ।

सुरुमा हिसुबको प्रहारलाई गोलकिपर लालमनसाँगाले बचाए । तर, रिबाउन्ड बललाई आयुशले सहजै पोस्टको दिशा दिए । यसअघि मच्छिन्द्रले विभागीय टोली नेपाल पुलिस क्लवलाई ४–० र मानेभञ्ज्याङले भारतकै दिल्ली एफसीलाई ३–१ ले हराउँदै सेमिफाइनललमा स्थान बनाएका थिए ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected