१८ कार्तिक २०८२, मंगलवार
खेलकुद मुख्‍य समाचार समाचार समाज

कुशल र रोहितले सम्हाल्दै नेपालको इनिङ्स

१३ फागुन, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेपालले अहिले नेदरल्याण्ड्ससँग खेलिरहेको छ । कीर्तिपुरस्थित टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले १९ ओभर सकिँदा ३ विकेट गुमाएर ७६ रन बनाएको छ ।

सुरुवाती तीन विकेट गुमाएपछि नेपालको इनिङ्स ओपनर कुशल भुर्तेल र कप्तान रोहित कुमार पौडेलले सम्हालिरहेका छन् । नेपालले राम्रो सुरुवात गरेपनि १२ रन जोड्न ३ विकेट गुमाएपछि दबामा परेको थियो ।

नेपालले ४२ रन हुँदा ओपनर आसिफ शेखलाई पहिलो विकेटको रुपमा गुमाएको थियो । आसिफले २७ बलमा २ चौका र १ छक्का प्रहार गरी १७ रन बनाए ।

त्यसपछि अनिल शाह ७ र कुशल मल्ल २ रनमा आउट हुँदा नेपाल ५४-३ को स्थितिमा पुगेको थियो । एक छेउबाट लगातार विकेट जाँदा ओपनर कुशल भुर्तेलले अर्को छेउबाट नेपालको इनिङ्स सम्हालेका थिए । अहिले क्रिजमा भुर्तेल र कप्तान रोहित पौडेलले ब्याटिङ गरिरहेका छन् ।

डच टोलीका लागि भिभियन किंग्माले २ तथा आर्यन दत्तले १ विकेट लिएका छन् ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected