Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

टीआरसीमा एमालेको भनाइ यथावत छ : सचेतक बर्तौला

रातो कागज
1 वर्ष अघि

११ फागुन, काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सचेतक महेशकुमार बर्तौलाले पीडितमैत्री हुने गरी संक्रमणकालीन न्यायको विषयलाई टुंगो लगाउनुपर्ने बताएका छन् ।

शुक्रवार सिंहदरबारमा बसेको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले संक्रमणकालीन न्याय राजनीतिक प्रकृतिको विषय भएकाले सबैको सहमतिमा टुंग्याउन जरुरी रहेको भनाइमा पनि आफूहरु यथावत रहेको बताए ।

‘यो कुरा हामी अझै कति अड्काउने ? यसमा प्रश्न उठेको छ’ उनले भनेका छन्, ‘यो महत्वपूर्ण छ, राजनीतिक प्रकृतिको विषय हो, लामो समयदेखि अफ्ठ्यारो हुँदै आएको विषय हो ।’

टीआरसी विधेयक छिटो पास गुर्नपर्छ भन्नेमा सबैको सहमति रहेको उल्लेख गर्दै उनले थपे, ‘समितिमा उठेका चार विषयमा केही साँघुरो हुन खोजेको छ, त्यसलाई एक ढंगले फिनिसिङ गरेर गयो भने समितिको मात्रै वर्नरसिपको कुरा हुँदैन । सबैले वर्नरसिप लिने किसिमको कुरा हो ।’

नागरिकहरुले टीआरसी विधेयकलाई अझै कति अड्काउने भन्ने प्रश्न गरिरहेको भन्दै यसलाई छिटो सम्बोधन गर्न जरुरी रहेको बताए । उनले समितिमा उठेका विषयहरुलाई छलफल गरी छिटो भन्दा छिटो पीडितमैत्री कानून बनाइ पारित गर्न आवश्यक रहेको बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया