११ मंसिर २०८२, बिहीबार
अन्तर्राष्ट्रिय

किसान आन्दोलनका सामग्री पोष्ट गर्ने १०० बढी एक्स अकाउन्ट भारतमा ब्लक

१० फागुन, काठमाडौं । भारत सरकारले किसान आन्दोलनका फोटो र भिडियो शेयर गर्ने अकाउन्ट बन्द गर्न सामाजिक सन्जाल एक्सलाई आदेश दिएको छ ।

भारत सरकारले कानुनी व्यवस्थाको विरुद्ध रहेको भन्दै किसान आन्दोलनका सामग्री पोष्ट गर्ने अकाउन्टलाई ब्लक गर्न भनेको हो ।

भारतको सूचना प्रविधि मन्त्रालयले १७७ अकाउन्टलाई अस्थायी रुपमा ब्लक गर्न एक्सलाई भनेको समाचार एजेन्सी पीटीआईले स्रोतलाई उद्धृत गर्दै लेखेको छ ।

भारत सरकारले बन्द गर्नुपर्ने भनेर उपलब्ध गराएका अकाउन्टहरुलाई भारतमा मात्र बन्द गरिएको सामाजिक सन्जाल एक्सले जनाएको छ । त्यसको जानकारी सम्बन्धित प्रयोगकर्तालाई दिइसकेको एक्सले जनाएको छ ।

एक्सको विश्व मामिला हेर्ने ‘ग्लोबल गभर्नमेन्ट अफेयर्स’ले आफ्नो अकाउन्टमार्फत् सूचना जारी गरी उक्त जानकारी दिएको हो । ‘भारत सरकारले एक्सका केही अकाउन्ट र पोष्ट ब्लक गर्न भनेको छ । तर अभिव्यक्ति स्वतन्त्रताका कारण त्यो आदेश हामीले मानेका छैनौं । भारत सरकारको निर्देशन अनुसार त्यस्ता अकाउन्टलाई केवल भारतमा मात्र ब्लक गरेका छौं,’ एक्सको ‘ग्लोबल गभर्नमेन्ट अफेयर्स’ले लेखेको छ ।

एक्सले गोपनीयताको कारण भारत सरकारले दिएको आदेश सार्वजनिक गर्न नसक्ने जनाएको छ । यद्यपि पारदर्शिताका कारण त्यसलाई सार्वजनिक गर्दा उचित हुने उसको भनाइ छ ।

थप समाचारहरु

अन्तर्राष्ट्रिय

१०७ वर्षपछि भारतीय सेना परेडका लागि पेरिसमा

२८ असार, काठमाडौं। समयचक्र एकपटक फेरि घुमेको छ । एक सय सात वर्षपछि भारतीय सेना पेरिस परेडमा सहभागी हुँदैछ ।
अन्तर्राष्ट्रिय समाज

अमेरिकी सहायक विदशेमन्त्री डोनाल्ड लू काठमाडौं आइपुग्ने

२९ असार, काठमाडौं । अमेरिकी सहायक विदशेमन्त्री डोनाल्ड लू आज शुक्रबार काठमाडौं आइपुग्ने भएका छन् । विदेशमन्त्रालयको मध्य तथा दक्षिण