६ फाल्गुन २०८२, बुधबार
बैंक–वित्त

गृह मन्त्रालयले सीडीओहरुसँग माग्यो सरकारी जग्गा अतिक्रमणको विवरण

१० फागुन, काठमाडौं । गृह मन्त्रालयले देशभर सरकारी जग्गा अतिक्रमको अवस्थाबारे विवरण संकलन गरी पठाउन प्रमुख जिल्ला अधिकारीहरुलाई दिर्नेशन दिएको छ ।

मन्त्रालयले सार्वजनिक एवं सरकारी स्वामित्वमा रहेको जग्गा कसैले आफ्नो नाममा दर्ता गरेको वा कुनै प्रयोजनका लागि भोगचलन वा नियन्त्रणमा राखेको भए त्यस्ता व्यक्तिलाई कानुन बमोजिम कारबाही गर्न आग्रह गरेको छ ।

त्यस्तै ती सरकारी जग्गा कायम गर्न सत्य तथ्य सूचनासहितको विवरण संकलन गरी गृह मन्त्रालयमा पठाउन प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिएको हो ।

गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले बुधबार जारी गरेको विज्ञप्तिमा कसैले सरकारी जग्गा दुरुपयोग गरी आफ्नो काम गरेको र त्यसरी स्वामित्व कायम गरेको जग्गा बिक्री गरेको भए त्यसको सूचना पनि दिन आग्रह गरेको छ ।

हेर्नुहोस् गर्ह मन्त्रालयको विज्ञप्ति : 

थप समाचारहरु

बैंक–वित्त

एनसेलले हालेको मुद्दा नेपाल सरकारले जित्यो

२८ जेठ, काठमाडौं। विश्वबैंक अन्तर्गतको लगानी विवाद समाधानसम्बन्धी अन्तर्राष्ट्रिय केन्द्र (आईसीएसआईडी)मा एनसेलले हालेको मुद्दा नेपाल सरकारले जितेको छ। एनसेल र
बैंक–वित्त

‘अब तापक्रम घट्दै जान्छ, गर्मीबाट राहत मिल्छ’

२८ जेठ, काठमाडौं। अब विस्तारै बदलीको दिन बढ्ने र गर्मीबाट राहत मिल्ने मौसमविदले जनाएका छन् । मौसमविदहरुका अनुसार आइतबार (आज)