२९ माघ २०८२, बिहीबार
खेलकुद समाचार समाज

नेपाल ए ले क्यानडाविरुद्ध ब्याटिङ गर्दै, आशुतोष, सुजन र हेमन्तलाई मौका

१० फागुन, काठमाडौं । नेपाल एले क्यानडा-११ सँगको एकदिवसीय शृङ्खलाअन्तर्गत आज तेस्रो तथा अन्तिम खेलमा पहिले ब्याटिङ गर्दैछ ।

मुलपानी क्रिक्रेट मैदानमा क्यानडा-११ ले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेपछि नेपालले ब्याटिङको निम्तो पाएको हो ।

यसअघि भएका २ खेलमध्ये पहिलो खेल क्यानडा-११ ले ४ विकेटले जितेको थियो भने दोस्रो खेल नेपालले २ विकेटले जित्दै शृङ्खला १-१ को बराबरी गरेको छ ।

आजको खेलमा नेपालले दोस्रो खेलको प्लेइङ ११ मा ४ परिवर्तन गरेको छ । विवेक यादव, किरण ठगुन्ना, मयन यादव र रिजन ढकाललाई आराम दिंदै आशुतोष घिरैया, सुजन थपलिया, हेमन्त धामी र प्रतिश जिसीलाई खेलाइएको छ ।

आजको खेल जित्ने टोलीले यो शृङ्खला २-१ ले जित्नेछ ।

नेपालले पहिलो खेल विनोद भण्डारीको कप्तानीमा खेलेको थियो भने दोस्रो खेल सन्दीप जोराको कप्तानीमा खेलेको थियो ।

नेपालको प्लेइङ ११

सन्दीप जोरा, अर्जुन कुमाल, बसिर अहमद, रासिद खान, सागर ढकाल, साहब आलम, शेर मल्ल, आशुतोष घिरैया, हेमन्त धामी, सुजन थपलिया र प्रतिश जि.सी.

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected