२१ फाल्गुन २०८२, बिहीबार
मुख्‍य समाचार राजनीति

सम्पत्ति शुद्धीकरण मुद्दामा माओवादी नेता गगन पुरीलाई ४ करोड जरिवाना

६ फागुन, काठमाडौं । विशेष अदालतले सम्पत्ति शुद्धीकरण गरेको अभियोगमा झापाका गगन पुरीलाई दोषी ठहर गर्दै उनीबाट ४ करोड ३ लाख रुपैयाँ असुल्नुपर्ने फैसला गरेको छ ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले ७ करोड ३५ लाख रुपैयाँको सम्पत्ति जोडेका पुरीले ३ करोड ३२ लाख रुपैयाँ मात्रै बैध रुपमा जोडेको ठहर गरेको हो । बाँकी ४ करोड ३ लाख रुपैयाँ जरिवानाको फैसल भएको विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले जानकारी दिए ।

अख्तियारले उनी सहित सीमा पुरीलाई पनि दोषी ठहर गरेको छ । जफत हुने रकम दामासहीले असुल्नुपर्ने विशेष अदालतको फैसला छ ।

विशेष अदालतले सम्पत्ति शुद्धीकरणको मुद्दामा मुछिएका मनमाया पुरी र देव कुमारी पुरीलाई सफाइ दिएको छ । अनि कृष्णकुमारी पुरी र संगीता पुरीको सम्पत्ति भने जफत नहुने भनी आदेश गरेको छ ।

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।