१८ पुष २०८२, शुक्रबार
खेलकुद

एक्सपर्ट भरतपुर मेयर्स कपः एक्सपर्टद्धारा जर्सी हस्तान्तरण, लिग चरणमा नारायणी नमुना मा.विको पहिलो जित

४ फागुन, चितवन । एक्सपर्ट भरतपुर मेयर्स कप अन्तरविद्यालय क्रिकेट प्रतियोगिताको लिग चरणको खेल आज (शुक्रबार)बाट सुरु भएको छ । उद्घाटन खेलमा नारायणी नमुना मा.वि.ले अंकुरम एकेडेमीलाई ९३ रनको फराकिलो अन्तरमा हराउँदै विजयी सुरुआत गरेको छ । समूह ‘ए’ अन्तर्गतको पहिलो खेलमा अंकुरम एकेडेमीलाई पराजित गर्दै नारायणीले २ अंक सुरक्षित गरेको छ ।

भरतपुर–१५ स्थित निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नारायणी नमुना मा।वि।ले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ४३ रन जोड्यो । नारायणीका लागि तल्लोक्रममा २९ बल खेल्दै ४ चौकासहित सन्देश खनालले सर्वाधिक २८ रन बनाए । १३ बल खेलेका सबिन खरेलले १८ रन जोडे ।

बलिङमा मनोज सापकोटाले २, इन्सिप पौडेल, अमुरोध सिग्देल, विप्लव पोख्रेल, दिवस गैरे, आरोहण अधिकारी र आर्यन गुरुङले समान १ विकेट लिए । १ सय ४४ रनको विशाल लक्ष्यसहित जवाफी ब्याटिङ थालेको अंकुरम १३।२ ओभरमा ५० रन बनाउँदा अलआउट भयो । अंकुरमका ओपनर विप्लव पोख्रेल २४ बलमा ५ चौकासहित सर्वाधिक २६ बनाउदा चन्दन यादवको बलमा एलबीडब्लु धरापमा परे ।
अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
अंकुरमको इनिङस ध्वस्त बनाउने क्रममा उमेश महतो एक्लैले ६ विकेट लिए । निखिल चापागाई, संजय यादव र चन्दन यादवले समान १ विकेट लिए । ४ ओभरमा १४ रन खर्चदै ६ विकेट लिएका उमेश महतो खेलको प्लेयर अफ द म्याच भए ।
प्रतियोगिता अन्तर्गत भोलि २ खेल हुनेछन् । पहिलो खेलमा अर्किड इंग्लिस स्कुलले विश्वप्रकाश मा।वि।सँग प्रतिस्पर्धा गर्नेछन् । अर्को खेलमा वाल्मिकी शिक्षा सदन र लक्ष्मी मा.वि. आमनेसामने हुनेछन् ।
प्रतियोगिताको आज औपचारिक रुपमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले समुद्घाटन गरेका थिए । भरतपुर महानगरपालिकाको आयोजना, चितवन जिल्ला क्रिकेट संघको सह–आयोजनामा भइरहेको प्रतियोगितालाई एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज चितवनले प्रमुख प्रायोजन गरेको छ । उद्घाटन समारोहमा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ र एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज चितवनका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले लिग चरणमा प्रवेश गरेका संस्थागत र समुदायिक गरि १० विद्यालयलाई जर्सी हस्तान्तरण गरेका थिए । एक्सपर्टले प्रतियोगितामा सहभागि सामुदायिक १० विद्यालयलाई नै क्रिकेट किट सहयोग हस्तान्तरण गरि सकेको छ ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected