२ फाल्गुन २०८२, शनिबार
मुख्‍य समाचार राजनीति

अजयबाबु शिवाकोटीले देउवालाई सोधे :प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिबारे पार्टीको धारणा के हो ?

४ फागुन, काठमाडौ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य  अजयबाबु शिवाकोटीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कांग्रेससँगको सहकार्य लाभदायक नभएको अभिव्यक्तिबारे  पार्टी सभापति देउवासँग आधिकारिक धारणा के हो भनी माग गरेका छन् ।

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा बोल्दै केन्द्रीय सदस्य  शिवाकोटीले पार्टीको धारणा माग गरेका हुन् ।

उनले भने, ‘नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेससँगको गठबन्धनका बारेमा टिप्पणी गर्नुभएको छ। उहाँको केन्द्रीय समिति बैटकमा। खासगरी माओवादीका कार्यकर्ताभन्दा पनि चर्को कुरा गरेर प्रचण्डले आफ्नो अभिव्यक्ति दिनुभएको छ, यसबारेमा हाम्रो धारणा के हो?

प्रचण्डका अभिव्यक्तिमा सभापति शेरबहादुर देउवा र प्रचण्ड नेतृत्वको गठबन्धन सरकारमा कांग्रेसबाट नेतृत्व गरेर गएका उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काको समेत उनले ध्यानाकर्षण गराए ।

‘महासमितिमा यसबारे कांग्रेसले छलफल गरोस् भनेर प्रधानमन्‍त्री प्रचण्डले यस्तो अभिव्यक्ति दिएको हो कि के हो ? यसका बारेमा हाम्रो महासमितिमा पेश गर्ने औपचारिक धारणा के हो?’ उनले प्रश्‍न गरे ।

गत माघ ११ गते भएको राष्ट्रिय सभा चुनावमा कोशी प्रदेशमा माओवादी उम्मेदवार चम्पादेवी कार्की पराजित भएको प्रसंग निकाल्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली कांग्रेससँगको सहकार्य लाभदायक नभएको बताएका थिए।

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।