काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ५१३ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।
मंगलबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ७९, सिसिटिभिमार्फत ३३, रातोबत्तीमा १५ जना चालकलाई कारबाही गरिएको छ ।
यसैगरी, तीव्रगतिमा १४, हर्न निषेधमा ७, लेन क्रसमा ५ एकतर्फीमा ३ र अन्यमा ३५३ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।







