काठमाडौं । प्रधानमन्त्री बालेन शाहले नेपाल प्रिमियर लिग (एनपीएल) लाई नेपालको सबैभन्दा ठूलो खेलकुद प्रतियोगिता भन्दै नेपाली क्रिकेटको सफलताको कामना गरेका छन् ।
आजदेखि सुरु हुने एनपीएलले केही वर्षमै ठूलो खेलकुद उत्सवको रूप लिएको उल्लेख गर्दै उनले प्रतियोगितामा सहभागी अन्तर्राष्ट्रिय खेलाडी र कमेन्टेटरलाई स्वागत गरेका छन् ।
प्रधानमन्त्री बालेनले नेपाली खेलाडी, आयोजक तथा नेपाल क्रिकेट संघ (क्यान) लाई प्रतियोगिताको सफलताका लागि शुभकामना दिँदै ‘नेपाली क्रिकेट अमर रहोस्’ भनेका छन् ।







