१० आश्विन २०८३, शनिबार
खेलकुद समाचार

मैत्रीपूर्ण फुटबलमा पानामासँग भारतको बराबरी

काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा भारतले पानामासँग १–१ गोलको बराबरी खेलेको छ । शुक्रबार बैंग्लुरुको श्री कान्तिरवा रंगशालामा भएको खेलमा भारतका लागि रायन विलियम्सले पहिलो हाफमा गोल गरे पनि दोस्रो हाफमा ओमार भ्यालेन्सियाले पानामाका लागि बराबरी गोल फर्काए ।

भारतलाई खेलको ४१औँ मिनेटमा विलियम्सले अग्रता दिलाएका थिए । आकाश मिश्राले अगाडि पठाएको लामो पासलाई सदुपयोग गर्दै पानामाको रक्षापंक्तिको पछाडि पुगेका विलियम्सले गोलरक्षक मार्कोस रेयेसलाई छलाउँदै भारतलाई १–० को अग्रता दिलाए ।

पहिलो हाफमा भारतले केही राम्रा अवसर सिर्जना गरेको थियो । आठौं मिनेटमा आकाश मिश्राको कटब्याकमा विलियम्सले प्रहार गर्ने अवसर पाए पनि सफल हुन सकेनन् । त्यसको १० मिनेटपछि विलियम्सको प्रहार थोरैले बाहिरियो भने आशिक कुरुनियनको प्रहार पनि पोस्टको बाहिरी जालीमा लाग्यो ।

दोस्रो हाफमा पानामाले आक्रमण बढायो । भारतका गोलरक्षक गुरप्रीत सिंह सन्धुले ५०औं मिनेटमा जियोभानी हर्बर्टको प्रयास रोकेर टोलीलाई अग्रता कायम राख्न मद्दत गरे ।

तर ६८औं मिनेटमा ओमार भ्यालेन्सियाले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको लामो दूरीको प्रहार गोलमा परिणत गर्दै पानामालाई खेलमा फर्काए ।

त्यसपछि पानामाले अग्रता लिन दबाब बढाएको थियो । पानामाको एक प्रहार पोस्टमा लाग्यो भने गुरप्रीतले अर्को महत्वपूर्ण बचाउ गरे । भारतले पनि खेलको अन्तिमतिर गोलका अवसर बनाएको थियो ।

वैकल्पिक खेलाडी एडमन्ड लालरिन्दिकाको पासमा मनवीर सिंह गोलको नजिक पुगे पनि सफल हुन सकेनन् । अभिषेक सिंह टेकचामको प्रहार पनि लक्ष्यमा पुग्न सकेन ।

फिफा वरीयतामा १३८औं स्थानमा रहेको भारतले ४४औं स्थानको पानामाविरुद्ध बराबरी खेलेको हो । यसअघि भारतले बैंग्लुरुमै सन् २०२३ मा साफ च्याम्पियनसिप जितेको थियो ।

भारतले अब अक्टोबर ३ मा कोलकातामा पाँचपटकको विश्व विजेता ब्राजिलसँग मैत्रीपूर्ण खेल खेल्नेछ । त्यसको तीन दिनपछि सोही मैदानमा उरुग्वेसँग प्रतिस्पर्धा गर्नेछ ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected