१० आश्विन २०८३, शनिबार
खेलकुद मुख्‍य समाचार समाचार

एसियन गेम्स क्रिकेटको क्वाटरफाइनलमा नेपालले श्रीलंकासँग खेल्ने

काठमाडौं । २०औं एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटको क्वाटरफाइनलमा नेपालले श्रीलंकासँग खेल्ने भएको छ ।

समूह ‘ए’ को विजेता बन्दै क्वाटरफाइनलमा प्रवेश गरेको नेपालले श्रीलंकासँग खेल्ने भएको हो ।

शुक्रबार जापानसँगको समूह चरणको अन्तिम खेल वर्षाका कारण नतिजाविहीन भएपछि दुवै टोलीले १–१ अंक बाँडे । त्यससँगै नेपालले दुई खेलबाट ३ अंक जोड्दै समूह विजेताको रूपमा अन्तिम आठमा स्थान बनायो ।

नेपालले अब क्वाटरफाइनलमा श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ । समूह उपविजेता अफगानिस्तानले भने भारतको सामना गर्नेछ ।यसअघि नेपालले पहिलो खेलमा अफगानिस्तानलाई ५ विकेटले पराजित गर्दै क्वाटरफाइनल नजिक पुगेको थियो ।

नेपाल र श्रीलंकाबीचको क्वाटरफाइनल खेल मंगलबार बिहान पौने ६ बजेदेखि सुरु हुनेछ ।

नेपालले १९औं एसियन गेम्सको क्वाटरफाइनलमा भारतसँग खेलेको थियो जहाँ पराजित भएको थियो ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected