११ आश्विन २०८३, आईतवार
अर्थ मुख्‍य समाचार

काठमाडौं उपत्यकामा २४ घण्टामा ६३ सवारीसाधनमाथि कारबाही

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६३ सवारीसाधनमाथि पछिल्लो २४ घण्टामा कारबाही गरिएको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार शनिबार बिहान ६ बजेसम्मको अवधिमा मादक पदार्थ सेवन (मापसे), सीसीटीभी, रेड लाइट, तीव्र गति, हर्न, लेन अनुशासन, सवारीको अवस्था तथा ‘वन वे’ लगायतका नियम उल्लङ्घन गर्ने सवारीसाधनमाथि कारबाही गरिएको हो ।

कारबाहीमा तीव्र गतिका ३, हर्नसम्बन्धी १, रेड लाइट १, ‘वन वे’ १ तथा अन्य प्रकृतिका ५७ वटा छन् ।

ट्राफिक प्रहरीले उपत्यकामा सवारी आवागमनलाई सुरक्षित र व्यवस्थित बनाउन ट्राफिक नियमको पालना गर्न चालक तथा सर्वसाधारणलाई आग्रह गरेको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले ट्राफिकसम्बन्धी आपत्कालीन सहयोगका लागि १०३ नम्बरमा सम्पर्क गर्न सकिने जनाएको छ ।

थप समाचारहरु

अर्थ

आलु र प्याजको मूल्यमा कर हटाउन व्‍यवसायीको माग

३० जेठ, काठमाडौं। आलु र प्याजमा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) हटाउन थोक व्यवसायीले माग गरेका छन् ।  नेपाल कृषि
अर्थ समाज

कोशी सरकारको नीति तथा कार्यक्रम भोलि

३० जेठ, विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम जेठ ३१ गते सार्वजनिक गर्ने