३ आश्विन २०८३, शनिबार
खेलकुद मुख्‍य समाचार समाचार

जापानमा आजदेखि २०औँ एसियन गेम्सको औपचारिक सुरुवात

काठमाडौं । जापानमा आयोजना भइरहेको २०औँ एसियन गेम्सको औपचारिक उद्घाटन आज हुँदैछ । स्थानीय समयअनुसार साँझ ६ बजे नागोया सिटीस्थित मिजुहो पार्क एथलेटिक्स स्टेडियममा उद्घाटन समारोह आयोजना हुनेछ ।

औपचारिक उद्घाटन हुनुअघि नै केही खेलका प्रतियोगिता सुरु भइसकेका छन् । जापानको एआइची प्रिफेक्चरका विभिन्न सहरसँगै गिफु, शिजुओका, टोकियो र ओसाकामा पनि विभिन्न खेलका प्रतिस्पर्धा सञ्चालन भइरहेका छन् ।

जापानले तेस्रोपटक एसियन गेम्स आयोजना गर्न लागेको हो । यसअघि जापानले सन् १९५८ मा टोकियो र सन् १९९४ मा हिरोसिमा एसियन गेम्स आयोजना गरेको थियो । ३२ वर्षपछि जापानमा फर्किएको एसियन गेम्समा ४३ खेलका ७१ विधामा ४६९ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा करिब १७ हजार खेलाडी तथा अफिसियल सहभागी हुँदैछन् । मिक्स्ड मार्सल आर्ट्स, प्याडेल, सर्फिङ, भर्चुअल तेक्वान्दो र टेकबललाई नयाँ खेलका रूपमा समावेश गरिएको छ । यस्तै ई–स्पोर्ट्स र ब्रेकिङले पनि प्रतियोगितामा स्थान पाएका छन् ।

प्रतियोगितामा सहभागी खेलाडी तथा अफिसियल टोलीलाई होटलसँगै क्रुजमा समेत राखिएको छ ।

नेपालबाट १३५ खेलाडी

२०औँ एसियन गेम्समा नेपालबाट २१ खेलका १३५ खेलाडी सहभागी हुँदैछन् । जसमा ५७ महिला र ७८ पुरुष खेलाडी रहेका छन् । यस्तै नेपालबाट २९ प्रशिक्षक, १७ व्यवस्थापक र दुई खेल प्राविधिक पनि सहभागी हुनेछन् ।

नेपालबाट आर्चरीमा २, एथलेटिक्समा ६, ब्याडमिन्टनमा ४, बक्सिङमा ७, क्रिकेटमा १५, साइक्लिङमा २, गल्फमा ४, जुडोमा ६, कबड्डीमा २४, करातेमा ८, र्‍याफ्टिङ एन्ड क्यानोइङमा २, स्केट एन्ड स्केट बोर्डिङमा २, सफ्ट टेनिसमा ४, स्क्वासमा २, पौडीमा ५, टेबलटेनिसमा ६, तेक्वान्दोमा ३, टेनिसमा ५, भलिबलमा १२, कुस्तीमा ६ र उसुमा १० खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

नेपाल महिला भलिबल टोली भने प्रतियोगिताको पदक दौडबाट बाहिरिसकेको छ ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected