२७ फाल्गुन २०८२, बुधबार
खेलकुद मुख्‍य समाचार

हेटौंडामा क्रिकेट मैदान तयार, ठूला प्रतियोगिता गर्न सहज 

२ फागुन, हेटौंडा । हेटौंडा उपमहानगरपालिका–११, स्थित हेटौंडा एकेडेमीको जग्गामा क्रिकेट मैदान निर्माण गरिएको हो । जिल्लामा राष्ट्रियस्तरका क्रिकेट प्रतियोगिता सञ्चालनका लागि मैदान नभएका बेला एकेडेमीको ३ बिघा जग्गामा क्रिकेट मैदान बनाइएको हो ।

हेटौंडा उपमहानगरपालिकाका प्रवक्ता सविन न्यौपानेले हेटौंडा एकेडेमीले मैदान तयार गरेर क्रिकेट खेलाडी उत्पादनमा सघाउ पुर्‍याएको बताए ।

हेटौंडा एकेडेमीका सञ्चालक अरुणराज सुमार्गीले निर्माणाधीन क्रिकेट मैदानलाई रंगशालाको रुपमा विकास गर्ने लक्ष्य रहेको बताए । त्यस्तै क्रिकेट एकेडेमी स्थापना गरेर क्रिकेट खेलाडी उत्पादन गर्ने पनि योजना रहेको उनले बताए ।

मैदानका लागि पर्याप्त जग्गा रहेको, प्राविधिक दृष्टिकोणले पनि उपयुक्त रहेको क्रिकेटका राष्ट्रिय एम्पायरसमेत रहेका क्रिकेट संघ मकवानपुरका सचिव विनोद बानियाँले जानकारी दिए ।

यु-१९ क्रिकेट टिमका प्रशिक्षक जगत टमाटा, पूर्वराष्ट्रिय क्रिकेटर शरद भेषवाकर, नेपाल क्रिकेट संघका सदस्य तथा क्रिकेट संघ मकवानपुरका अध्यक्ष करण क्षेत्री, क्रिकेट संघ बागमती प्रदेशका निर्देशक अनिल अधिकारी, क्रिकेट संघ बागमतीका सदस्य सञ्जोग पोखरेलले मंगलबार मैदानको निरीक्षण गरेका छन् ।

उक्त मैदानमा मंगलबार पहिलो माधवराज सुमार्गी स्मृति क्रिकेट प्रतियोगिता सुरु भएको छ । उद्घाटन खेलमा हेटौंडा एकेडेमीले मकवानपुरको यु-१६ टिमलाई १२ रनले हराएको छ ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected