३० भाद्र २०८३, मंगलवार
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

नवप्रवेशी युवाहरुको साथ र सहयोगले पार्टीलाई नयाँ उचाइमा पु¥याउने छ : अध्यक्ष घिसिङ 

काठमाडौं । पार्टी अध्यक्ष कुलमान घिसिङले नवप्रवेशी युवा साथीहरूको साथ, सहयोग र योगदानले पार्टीलाई नयाँ उचाइमा पु¥याउने दाबी गरेका छन् ।

आइतबार बसेको पार्टीको सचिवालयको पूर्ण बैठकमा घिसिङले युवा साथीहरूको अनुभव र क्षमताका हिसाबले नयाँ तथा महत्त्वपूर्ण जिम्मेवारी दिने निर्णय गरिएको बताएका हुन् । आगामी दिनमा पनि देश निर्माणका लागि जागरूक अरू युवाहरूसँग पनि सहकार्य गर्न उज्यालो नेपाल पार्टी त्यार रहेको उनको भनाइ छ ।

देशमा व्याप्त हरेक क्षेत्रको अँध्यारो हटाएर उज्यालो ल्याउनका लागि अब आफूहरूले नेतृत्व लिने घिसिङको दाबी छ ।

‘देश विकासका लागि इच्छाशक्ति, अनुभव र विज्ञताको मिश्रण आवश्यक छ,’ घिसिङले भने, ‘त्यसका लागि उज्यालो नेपाल पार्टीको विकल्प छैन ।’

विद्युत् खपत बढाउनुको साटो बिजुलीमा भ्याट र कर लगाउने, विद्युतीय गाडीहरूमा कर बढाउने र ग्यासमा लाइन लगाउने उल्टो नीतिले देश विकास नहुने उनको भनाइ छ ।

उज्यालो नेपाल पार्टी कुनै वादमा भन्दा जनतालाई डेलिभरी दिने कुरालाई प्राथमिकतामा राखेको उनको दाबी छ ।

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।