नेपाली नारीहरूको महान् पर्व हरितालिका तीजको अघिल्लो दिन आज आइतबार भाद्र २८ गते मुलुकभर र विदेशमा रहेका नेपाली समुदायमा हर्षोल्लासका साथ दर खाएर मनाइँदैछ। भोलि सोमबार बसिने हरितालिका तीजको कठोर निराहार व्रतको पूर्वसन्ध्यामा आज मिठो मसिनो खाने र रमाइलो गर्ने परम्परा रहिआएको छ। माइती र चेलीको आत्मीय मिलनदर खाने दिनको मुख्य आकर्षण भनेकै चेलीबेटीहरू माइती घरमा भेला हुनु हो।
वर्षभरिको दुःख, वेदना र थकान बिर्सिएर आमा, सासू, दिदीबहिनी र साथीभाइहरू एकै ठाउँमा जम्मा भई तीजका परम्परागत गीत र भाकामा नृत्य गर्दै रमाइलो गर्ने गरिन्छ। राति अबेरसम्म खिर र मिठान्न ग्रहणशास्त्रअनुसार, भोलिपल्ट दिनभर पानीसम्म नपिई व्रत बस्नुपर्ने भएकाले त्यसको पूर्वतयारी स्वरूप आज बेलुकी र मध्यरातिसम्म शक्तिबर्द्धक परिकारहरू खाने गरिन्छ।
खीर, गुँदपाक, सेलरोटी, मिठाई, फलफूल र विभिन्न शुद्ध परिकारहरू दरका रूपमा खाने चलन छ। बदलिँदो शैली र सांस्कृतिक महत्त्वपछिल्ला वर्षहरूमा दर खाने शैलीमा केही बजारीकरण र आधुनिकता देखिए पनि यसको मौलिक मर्म भने चेलीबेटीको सुखदुःख साटासाट गर्नु र पारिवारिक सम्बन्ध प्रगाढ बनाउनु नै हो। भाकल, श्रीमान्को दीर्घायु, पारिवारिक समृद्धि र सुयोग्य वरको कामना गर्दै भोलि भाद्र २९ गते सोमबार हरितालिका तीजको व्रत बसिँदैछ। भोलि बिहानैदेखि काठमाडौँको पशुपतिनाथ मन्दिरलगायत देशभरका शिव मन्दिरहरूमा दर्शनार्थी भक्तजनहरूको घुइँचो लाग्नेछ।







