२८ असार २०८३, आईतवार
खेलकुद मुख्‍य समाचार विशेष समाचार समाचार

अतिरिक्त समयमा स्विट्जरल्यान्डमाथि ३–१ को जित, अर्जेन्टिना सेमिफाइनलमा

काठमाडौं । साविक विजेता अर्जेन्टिना फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ। क्वार्टरफाइनलमा स्विट्जरल्यान्डलाई अतिरिक्त समयमा ३–१ ले पराजित गर्दै अर्जेन्टिनाले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।

अमेरिकाको कान्सास सिटी स्टेडियममा भएको खेलमा अर्जेन्टिनाले १०औँ मिनेटमा एलेक्सिस म्याक एलिस्टरको गोलमार्फत अग्रता लिएको थियो। कप्तान लियोनल मेसीको कर्नरमा म्याक एलिस्टरले हेडरमार्फत गोल गरेका थिए ।

तर दोस्रो हाफको ६७औँ मिनेटमा डान एनडोएले गोल गर्दै स्विट्जरल्यान्डलाई १–१ को बराबरीमा फर्काए। त्यसको पाँच मिनेटपछि स्विट्जरल्यान्डका ब्रिल एम्बोलो दोस्रो पहेँलो कार्डपछि रातो कार्ड पाउँदै मैदानबाट बाहिरिए र टोली १० खेलाडीमा सीमित भयो ।

निर्धारित ९० मिनेटमा थप गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा पुगेको थियो । अतिरिक्त समयको १०३औँ मिनेटमा जुलियन अल्भारेजले गोल गर्दै अर्जेन्टिनालाई पुनः अग्रता दिलाए। त्यसपछि इन्जुरी समयको पहिलो मिनेट ९१२०ं१० मा लाउटारो मार्टिनेजले अर्को गोल थप्दै अर्जेन्टिनाको ३–१ को जित सुनिश्चित गरे ।

यस जितसँगै अर्जेन्टिनाले सेमिफाइनलमा स्थान बनाएको छ । अब अर्जेन्टिनाले फाइनल प्रवेशका लागि इंग्ल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ। उक्त खेल नेपाली समयअनुसार बुधबार राति हुनेछ ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected