१२ असार २०८३, शुक्रबार
अन्तर्राष्ट्रिय खेलकुद बागमती मुख्‍य समाचार

जर्मनीलाई हराउँदै इक्वेडर विश्वकपको अन्तिम ३२ मा

काठमाडौं । फिफा विश्वकप २०२६ मा गोन्जालो प्लाटाले दोस्रो हाफमा गरेको निर्णायक गोलमा इक्वेडरले जर्मनीलाई २–१ ले पराजित गरेको छ ।

समूह ‘ई’ अन्तर्गत शुक्रबार न्यूयोर्क÷न्यु जर्सी स्टेडियममा भएको खेलमा इक्वेडरले उत्कृष्ट पुनरागमन गर्दै महत्त्वपूर्ण जित निकालेको हो ।

जित निकालेसँगै इक्वेडर फिफा विश्वकप २०२६ को नकआउट चरणमा पुगेको छ ।

पहिलेका दुई खेल जितेर नकआउट चरणमा स्थान सुरक्षित गरिसकेको जर्मनीले खेलको दोस्रो मिनेटमै अग्रता लियो । फ्लोरियन भिट्र्सको पासमा लिरोय सानेले बक्सभित्रबाट गरेको प्रहार गोलमा परिणत भयो । सन् १९३४ यता विश्वकपमा जर्मनीले गरेको यो सबैभन्दा छिटो गोल बन्यो ।

तर जर्मनीको अग्रता लामो समय टिकेन । खेलको नवौँ मिनेटमा पाब्लो भिटेले जर्मनीको क्षेत्रमा बल नियन्त्रण गर्दै निल्सन आङ्गुलोलाई पास दिए । बक्सबाहिरबाट आङ्गुलोले गरेको शक्तिशाली प्रहार अलेक्जान्डर पाभ्लोभिचको खुट्टाबीचबाट हुँदै गोलरक्षक म्यानुअल नोयरलाई बिट गर्दै गोलमा परिणत भयो । यो विश्वकप २०२६ मा इक्वेडरको पहिलो गोल पनि थियो ।

दोस्रो हाफको सुरुआतमा जर्मनीले पेनाल्टी पाएको थियो । तर भिएआर समीक्षा पछि लिरोय सानेले त्यसअघि नै फाउल गरेको देखिएपछि रेफ्रीले पेनाल्टी निर्णय उल्ट्याइन् ।

खेलको ७७औँ मिनेटमा इक्वेडरले विजयी गोल गर्यो । कर्नरबाट आएको बललाई केभिन रोड्रिगेजले हेडमार्फत अगाडि बढाइदिएपछि गोन्जालो प्लाटाले म्यानुअल नोयरभन्दा एक कदम अघि पुग्दै नजिकैबाट गोल गरे । यो जितसँगै इक्वेडर ४ अंकसहित उत्कृष्ट ८ तेस्रो स्थानमा रहने टोलीमध्ये एक बन्दै अन्तिम ३२ मा प्रवेश गरेको छ ।

पराजित भए पनि जर्मनी गोल अन्तरमा आइभरी कोस्टभन्दा अगाडि रहँदै समूह विजेता बनेको छ । दुवै टोलीको समान ६ अंक रहे पनि जर्मनीको गोल अन्तर उत्कृष्ट रहेको छ । समूहको अर्को खेलमा आइभरी कोस्टले कुरासाओलाई २–० ले हराएको छ ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected