८ असार २०८३, सोमबार
अन्तर्राष्ट्रिय खेलकुद बागमती मुख्‍य समाचार

मेस्सी र यामालबीच २० वर्षपछि दोहोरियो दुर्लभ संयोग, विश्वकपमा एउटै उमेर र जर्सी नम्बरमा पहिलो गोल

काठमाडौं । स्पेनका युवा स्टार लामिन यामलले फिफा विश्वकप २०२६ मा गरेको पहिलो गोलले केवल स्पेनलाई जित दिलाएन, फुटबल इतिहासमा एउटा रोचक संयोग पनि दोहोरिएको छ ।

यामालले आफ्ना आइडल खेलाडी लियोनल मेस्सी सँग सम्बन्धित दुई दशक पुरानो इतिहासलाई लगभग हुबहु दोहोर्याएका छन् । साउदी अरेबियाविरुद्धको खेलमा गोल गर्दै यामालले विश्वकपमा आफ्नो गोल खाता खोलेका थिए ।

विशेष कुरा के भने, उनले यो उपलब्धि हासिल गर्दा उनको उमेर १८ वर्ष ११ महिना थियो । ठीक यही उमेरमा मेस्सीले पनि सन् २००६ को विश्वकपमा आफ्नो पहिलो गोल गरेका थिए । यति मात्र होइन, दुवै खेलाडीले विश्वकपमा पहिलो गोल गर्दा १९ नम्बरको जर्सी लगाएका थिए र दायाँ खुट्टाको प्रयोग गरेर गोल गरेका थिए । दुई फरक पुस्ताका खेलाडीबीच देखिएको यो संयोगले विश्व फुटबल समर्थकमाझ चर्चा बटुलेको छ ।

बार्सिलोनाबाट उदाएका यामालले बाल्यकालदेखि नै मेस्सीलाई आफ्नो आदर्श मान्दै आएका छन् । अहिले विश्वकपको मञ्चमा उनले आफ्नै आदर्शसँग जोडिएको ऐतिहासिक संयोग सिर्जना गरेका हुन् । यामालले मेस्सीसँगको समानता मात्र कायम गरेनन् । एउटा कीर्तिमानमा भने उनलाई उछिनेका पनि छन् । विश्वकपमा पहिलो गोल गर्दा उनी मेस्सीभन्दा १४ दिन कम उमेरका थिए । यसले उनलाई विश्वकपमा गोल गर्ने खेलाडीहरूको सूचीमा अझ माथिल्लो स्थानमा पु¥याएको छ ।

साउदी अरेबियाविरुद्ध ४–० को जितमा गोल गरेका यामाल विश्वकप इतिहासमा गोल गर्ने आठौँ सबैभन्दा कम उमेरका खेलाडी बनेका छन् । चोटबाट पुनरागमन गरिरहेका १८ वर्षीय विङ्गरले प्रतियोगिताको पहिलो सुरुआती अवसरमै गोल गर्दै आफू किन विश्व फुटबलको भविष्य मानिन्छन् भन्ने प्रमाण समेत दिएका छन् ।

फुटबल इतिहासमा संयोगहरू धेरै देखिए पनि मेस्सी र यामालबीचको यो समानता भने असाधारण मानिएको छ । एकातिर विश्व फुटबलका महानतम खेलाडीमध्ये एक मेस्सी, अर्कोतिर उनको पदचाप पछ्याइरहेका युवा प्रतिभा यामाल—दुवैको विश्वकप यात्राको सुरुआत एउटै उमेर, एउटै जर्सी नम्बर र एउटै खुट्टाबाट आएको गोलसँग जोडिनु आफैंमा अनौठो कथा बनेको छ । एएनआईको सहयोगमा

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected