४ असार २०८३, बिहीबार
खेलकुद मुख्‍य समाचार समाचार

रोनाल्डोको निराशाजनक प्रदर्शन : कंगोसँगको खेल अवधिभर २५ पटक मात्र बल छोए

काठमाडौं । पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले फिफा विश्वकप २०२६ को पहिलो खेलमा अपेक्षाअनुसार प्रदर्शन गर्न सकेनन् । डिआर कंगोसँग १–१ गोलको बराबरीमा टुंगिएको खेलमा उनले जम्मा २५ पटक मात्र बल छोएका थिए । यो उनको विश्वकप करिअरकै सबैभन्दा कम सक्रिय प्रदर्शनमध्ये एक मानिएको छ ।

ईएसपीएन एफसीका अनुसार खेलभर रोनाल्डोले तीन पटक गोलपोष्टमा प्रहार गरे पनि कुनै पनि प्रहार लक्ष्यमा पुग्न सकेन । अधिकांश समय डिआर कंगोको रक्षापंक्तिले उनलाई प्रभावहीन बनाइरह्यो । रोनाल्डोको सीमित सहभागिताले पोर्चुगलको आक्रमणमा समेत असर परेको देखियो । विश्व फुटबलका चर्चित फरवार्डका रूपमा चिनिने उनी यस खेलमा विपक्षी रक्षकहरूको कडा निगरानीमा परेपछि प्रभाव जमाउन असफल भएका हुन् ।

खेलको छैटौं मिनेटमा जोआओ नेभेसले गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए । तर पहिलो हाफको इन्जुरी समयमा डिआर कंगोका योआन विस्साले बराबरी गोल फर्काएपछि खेल १–१ को अवस्थामा पुग्यो । दोस्रो हाफमा पोर्चुगलले केही अवसर सिर्जना गरे पनि त्यसलाई गोलमा परिणत गर्न सकेन ।

अन्ततः दुवै टोलीले एक–एक अंक बाँड्दै प्रतियोगिताको सुरुआत गरेका छन् । यस खेलसँगै रोनाल्डो प्रमुख अन्तर्राष्ट्रिय प्रतियोगितामा लगातार १० खेलसम्म गोल गर्न नसक्ने अवस्थामा पुगेका छन् । यता सन् १९७४ पछि पहिलो पटक विश्वकप खेलिरहेको डिआर कंगोले बलियो प्रतिद्वन्दी पोर्चुगलसँग बराबरी खेल्दै ऐतिहासिक जित हात पारेको छ ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected