२३ जेष्ठ २०८३, शनिबार
अर्थ मुख्‍य समाचार विशेष समाचार

भन्सार प्रकरणमा अर्थमन्त्री वाग्लेमाथि ‘मिडिया ट्रायल’ भएको दाबी, ९ कर्मचारी तानिए, तथ्य पुष्टि गरेर मात्रै समाचार बनाउन आग्रह

काठमाडौं । बजेट घोषणाअघि केही भन्सार नाकाबाट विद्युतीय सवारीसाधनको शङ्कास्पद भन्सार जाँचपास भएको विषयलाई लिएर अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमाथि मिडिया ट्रायल र चरित्रहत्याको प्रयास भएको दाबी गरिएको छ । अर्थमन्त्रीका स्वकीय उपसचिव तथा जनसम्पर्क सल्लाहकार नवीन ढुङ्गानाले शनिबार एक वक्तव्य जारी गर्दै फैलाइएका अफवाहहरूप्रति गम्भीर आपत्ति जनाएका हुन् ।

सल्लाहकार ढुङ्गानाका अनुसार रसुवागढी नाकामा भन्सार बिन्दुमै नपुगेका सवारीसाधनको जाँचपास गरिएको भनिएको गम्भीर विषयमा अर्थ मन्त्रालयले तत्कालै छानबिन अघि बढाइसकेको छ ।

मन्त्रालयद्वारा गठित छानबिन समितिको प्रारम्भिक सिफारिसका आधारमा जेठ २० गते नै रसुवागढी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृतसहित ९ जना कर्मचारीलाई जिम्मेवारीमुक्त गरिएको वक्तव्यमा उल्लेख छ । उनीहरूलाई तत्कालका लागि भन्सार विभागमा तानिएको र घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ ।

यस्तै, मुस्ताङको कोरोला नाकाबाट भएका भन्सार जाँचपास र सवारीसाधनबारे पनि स्थलगत अनुसन्धान जारी रहेको छ । सो क्षेत्रमा अर्थ मन्त्रालय, भन्सार विभाग, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोली नै खटिएर छानबिन गरिरहेको छ । प्रारम्भिक रूपमा भन्सार छलीको आशङ्कामा नियन्त्रणमा लिइएका सवारीसाधन र आयातकर्ता कम्पनीहरूमाथि कडा अनुसन्धान भइरहेको र विस्तृत विवरण छिट्टै सार्वजनिक गरिने मन्त्रालयले प्रष्ट पारेको छ ।

मन्त्रालयले छानबिन प्रक्रियालाई तीव्रता दिइरहेकै अवस्थामा अर्थमन्त्री डा. वाग्ले र मन्त्रालयका उच्च अधिकारीहरूविरुद्ध योजनाबद्ध रूपमा प्रचारबाजी गरिएको सचिवालयको दाबी छ ।

ूसत्यतथ्य छानबिन भइरहेको अवस्थामा समाजमा गलत भाष्य स्थापित गर्ने र भर्खरै सार्वजनिक भएको बजेटलाई विवादमा पार्ने कुत्सित उद्देश्यले अर्थमन्त्रीविरुद्ध मिडिया ट्रायल गरिएको छ, वक्तव्यमा भनिएको छ, यस्ता गतिविधिमा संलग्न केही व्यक्तिविरुद्ध कानुनी प्रक्रिया सुरु भइसकेको र अन्य पक्षविरुद्ध पनि कानुनी उपचार खोजिनेछ ।

सल्लाहकार ढुङ्गानाले अर्थतन्त्र, बजेट र भन्सारजस्ता प्राविधिक एवं संवेदनशील विषयमा समाचार सामग्री तयार गर्दा सम्बन्धित निकाय र अधिकारीहरूसँग तथ्य बुझ्न सञ्चारमाध्यमहरूलाई आग्रह गरेका छन् । बजारमा आउने हचुवा र अपुष्ट हल्लाका पछि नलागी केवल पुष्टि भएका तथ्यका आधारमा मात्रै समाचार प्रकाशन तथा प्रसारण गरिदिन उनले सम्पूर्ण सञ्चारमाध्यम र सरोकारवाला पक्षसँग अपिल गरेका छन् ।

थप समाचारहरु

अर्थ

आलु र प्याजको मूल्यमा कर हटाउन व्‍यवसायीको माग

३० जेठ, काठमाडौं। आलु र प्याजमा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) हटाउन थोक व्यवसायीले माग गरेका छन् ।  नेपाल कृषि
अर्थ समाज

कोशी सरकारको नीति तथा कार्यक्रम भोलि

३० जेठ, विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम जेठ ३१ गते सार्वजनिक गर्ने