२९ माघ २०८२, बिहीबार
खेलकुद

मैत्रीपूर्ण फुटबल खेलका लागि चिनियाँ युवा टोली नेपाल आइपुग्यो

२४ माघ, काठमाडौं । नेपालको युवा फुटबल टोलीविरुद्ध हुने मैत्रीपूर्ण खेलका लागि चीनको चिङ्घाइ फुटबल क्लबको युवा टोली नेपाल आइपुगेको छ ।

चिनियाँ टोली बुधबार दिउँसो नेपाल आइपुगेको हो । टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रवक्ता सुरेश शाहलगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।

नेपालस्थित चिनियाँ राजदुताबास, राष्ट्रिय खेलकुद परिषद(राखेप) र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा यही माघ २७ गते शनिबार नेपाल र चिनियाँ युवा टोलीबीच दशरथ रंगशालमा मैत्रीपूर्ण खेल हुन लागेको हो । चिनियाँ नयाँ वर्षको उपलक्ष्यमा हुन लागेको खेलको सह आयोजकमा एन्फा र नेपाल ओभरसिज चिनियाँ संघ रहेको छ ।

चीनबाट १६ खदेलाडीसहित २३ सदस्यीय टोली नेपाल आएको एन्फा प्रवक्ता शाहले जानकारी दिए ।

उक्त खेलमा लागि एन्फाले नेपाली टिमका मुख्य प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनेसलाई टिम प्रशिक्षणको जिम्मेवारी दिएको छ । हाल एनेसले नेपालको युवा खेलाडीलाई पोखरामा प्रशिक्षक दिइरहेका छन् । उनलाई सहायक प्रशिक्षकमा चेतन घिमिरे र मनिष तिम्सिनाले गोलकिपर प्रशिक्षकको रुपमा सहयोग गरिरहेका छन् ।

एन्फाले प्रारम्भिक चरणमा ३२ खेलाडीको प्रारम्भिक टोली घोषणा गरेको थियो । जसमा आयुष घलान मनिष डाँगी लगायत छन् ।

एन्फाले यसअघि नै उयक्त खेलको लागि साधारण प्याराफिटतर्फत २ सय र भिआइपी प्याराफिटतर्फ ५ सय रुपैयाँ टिकट मूल्य तोकिसकेको छ ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected