६ फाल्गुन २०८२, बुधबार
मुख्‍य समाचार राजनीति

परिषद्को पहिलो बैठकले गरेका निर्णयहरु कार्यान्वनय भएन : मुख्यमन्त्री कार्की

२४ माघ, काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले परिषद्को पहिलो बैठकले गरेका निर्णयहरु कार्यान्वनय नभएको बताएका छन् ।

बुधबार सिंहदरबारमा बसेको राष्ट्रिय समन्वय परिषद्को बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

मुख्यमन्त्री कार्कीले प्रदेश सरकारको अबको संघर्ष कानून निर्माणका लागि संघीय संसदसँग हुने बताए । उनले भने, ‘पहिलो बैठकको निर्णय धेरै कार्यान्वयन भएनन् । त्यसमा हाम्रो प्रश्न रह्यो । अब हाम्रो संघर्ष संसदसँग हो।’

मुख्यमन्त्री कार्कीले संघ सरकारले कानून नबनाइदिँदा प्रदेश सरकारले काम गर्न नपाएको गुनासो गरे । उनले संघ सरकार सत्तामा मात्रै केन्द्रित भएको आरोप लगाए ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले प्रदेश मुख्यमन्त्रीसँग परिषद्को तेस्रो बैठकमा प्रहरी समायोजन, निजामती कर्मचारी सेवा ऐन, विद्युत ऐन लगायतका प्रदेशसँग सम्बन्धित केही अधिकारहरु दिने प्रतिवद्धता गरेको उनको भनाइ थियो ।

उनले भने, ‘फागुन मसान्तसम्म सझुाव दिने र चैत्र भित्रै तेस्रो बैठक बस्ने सहमति भयो । त्यो बेलासम्म प्रदेशले पाउनुपर्ने अधिकार दिएरै हामी बस्छौँ भनेर प्रधानमन्त्रीले प्रतिवद्धता जनाउनुभएको छ । जस्तो प्रहरी समायोजन, निजामती कर्मचारी सेवा ऐन, विद्युत ऐन लागयत केही ऐनहरु संसदबाट पारित गरी कार्यान्वयनमै जाने गरी अघि बढ्छौं भन्नुभएको छ ।’

उनले परिषद्को तेस्रो बैठक प्रदेशलाई केही अधिकार दिएर मात्रै बस्ने प्रधानमन्त्रीको प्रतिवद्धता रहेको उनको भनाइ थियो ।

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।