२१ फाल्गुन २०८२, बिहीबार
मुख्‍य समाचार राजनीति

अस्ट्रेलिया र न्यूजिल्यान्ड भ्रमणमा जाँदै परराष्ट्रमन्त्री साउद

२३ माघ, काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउद बिहीबार अस्ट्रेलिया र न्यूजिल्यान्ड भ्रमणमा जाने भएका छन् ।

अस्ट्रेलियामा २६ र २७ माघमा इन्डिया फाउन्डेसनले आयोजना गरेको सातौं ‘इन्डियन ओसन कन्फरेन्स’ मा सहभागी हुन मन्त्री साउद २५ माघमा त्यसतर्फ प्रस्थान गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मन्त्री साउद २८ माघमा पर्थ सहरमा आयोजना हुने कार्यक्रममा भाग लिने छन् । साथै, अस्ट्रेलियाली समकक्षी र अन्य मित्र राष्ट्रका प्रतिनिधि मण्डलसँग पनि उनले भेट्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।

यस्तै, परराष्ट्रमन्त्री साउदले न्यूजल्यान्डमा समेत समकक्षी विन्स्टन पिटर्ससँग पनि भेट गर्ने कार्यक्रम छ । उनी २ फागुनमा नेपाल फर्किने कार्यक्रम छ ।

 

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।