२६ बैशाख २०८३, शनिबार
खेलकुद समाचार समाज

आईपीएल क्रिकेटमा दिल्लीविरुद्ध कोलकाताको जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले सहज जित निकालेको छ ।
शुक्रबार राति दिल्लीमा सम्पन्न खेलमा दिल्ली क्यापिटल्सलाई ८ विकेटले हराउँदै कोलकाता विजयी भएको हो ।

दिल्लीले दिएको १ सय ४३ रनको लक्ष्य कोलकाताले १४ ओभर २ बलमा २ विकेट गुमाएर पूरा गरेको थियो ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ४२ रन बनाएको थियो ।

कोलकाताका फिन एलेनले सर्वाधिक एक सय रनको शतकीय पारी खेले । यस्तै, क्यामरुन ग्रीनले ३३, अजिन्क्या रहाणेले १३ रन जोडे । दिल्लीका अक्षर पटेले १ विकेट लिए ।
दिल्लीका पथुम निसान्काले ५० रनको अर्धशतकीय इनिङ खेले । यस्तै, आशुतोष शर्माले ३९ र अक्षर पटेलले ११ रनको योगदान दिए ।

कोलकाताका कार्तिक त्यागी र अनुकूल रोयले २–२ तथा क्यामरुन ग्रीनले १ विकेट लिए ।
यो जिततसँगै कोलकाता नाइट राइडर्स १० खेलबाट ९ अंकसहित तालिकाको सातौँ स्थानमा छ । एक खेल बढी खेलेको दिल्ली क्यापिटल्स ८ अंकका साथ आठौँ स्थानमा छ ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected