२१ फाल्गुन २०८२, बिहीबार
राजनीति

कांग्रेस संसदीय दलको बैठक सुरू, ज्ञानेन्द्र कार्की उपस्थित

१९ माघ, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेस संसदीय दलको बैठक सुरू भएको छ । संघीय संसद् भवनको ल्होत्से हलमा कांग्रेस संसदीय दलको बैठक सुरू भएको हो ।

बैठकमा कांग्रेसका पदाधिकारीहरू उपस्थित भएका छन् । अख्तियारले पटक-पटक बोलाउँदा नगएका कांग्रेस नेता ज्ञानेन्द्र बहादुर कार्की कांग्रेसको संसदीय दलको बैठकमा भने उपस्थित भएका छन् ।

सोमबारदेखि सुरु हुने हिउँदे अधिवेशनमा कसरी प्रस्तुत हुने भन्नेबारे छलफल हुने प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।

संसदमा जतिसक्दो धेरै विधेयक प्रस्तुत गर्ने र त्यसलाई अगाडि बढाउनका लागि पार्टीका तर्फबाट सांसदले निर्वाह गर्नुपर्ने भूमिकाका बारेमा छलफल गरिने उनले बताए ।

बजेट अधिवेशनसमेत भनिने हिउँदे अधिवेशन सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले माघ २२ गते अपराह्न ४ बजे आह्वान गरेका छन् ।

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।