२९ माघ २०८२, बिहीबार
खेलकुद समाचार समाज

नेपाललाई एकै ओभरमा दुई विकेट

१९ माघ, काठमाडौं । नेपालले आईसीसी यू-१९ विश्वकप सुपर सिक्स खेलमा भारतविरुद्ध एकै ओभरमा दुई विकेट हात पारेको छ । १४औं ओभरमा नेपालले भारतका दुई विकेट लिँदै खेलमा फर्किने संकेत देखाएको छ ।

तीव्र गतिका बलर आकाश चन्दको १४ औं ओभरको अन्तिम बलमा ओपनर आर्शिन कुलकर्णी आउट साइड एज लागेर विकेटकिपर उत्तम थापामगरबाट क्याच आउट भए । उनले ३० बलमा २ चौका प्रहार गरे ।

त्यसअघि वाइड हुनु अघि नेपालले १४ औं ओभरको पाँचौं बलमा रन आउटको रुपमा विकेट प्राप्त गरेको थियो । प्रियान्शु मोलियालाई १६ रनमा रन आउट गरेको थियो ।

दीपक डुम्रेले उत्कृष्ट फिल्डिङ गदैै चौका रोक्दै आकाश चन्दलाई बल थ्रो गरेका थिए । उक्तक्रममा उनी रन आउट भए । चौथो रन लिनेक्रममा आर्शिनसँग तालमेल गर्न नसकेपछि रन आउट हुन पुगेका थिए ।

टस जितेर पहिला ब्याटिङ रोजेको भारतले १५ ओभरमा ३ विकेट गुमाउँदै ६५ रन बनाएको छ । सचिन दास १ र कप्तान उदय शहरान २ रनमा क्रिजमा छन् ।

नेपाललाई पहिलो सफलता तीव्र गतिका बलर गुलशन झाले दिलाएका थिए । गुलशनले पाँचौं ओभरको पहिलो बलमा भारतका ओपनर आदर्श सिंहलाई २१ रनमा क्याच आउट गराए । बायाँ हाते आदर्श लेग साइडको बल खेल्ने धुनमा एज लागेर विकेटकिपर उत्तम थापामगरबाट क्याच आउट गराए । उनले १८ बलमा ४ चौका प्रहार गरे ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected