१३ असार २०८३, शनिबार
खेलकुद समाचार समाज

यू-१९ विश्वकप : नेपालको इनिङ सम्हाल्दै देव र विशाल

१७ माघ, काठमाडौं । नेपालका कप्तान देव खनाल र विशाल विक्रम केसीले आइसीसी यू–१९ विश्वकप २०२४ मा सुपर सिक्समा बंगलादेशविरुद्ध इनिङ सम्हाल्ने प्रयास गरेका छन् । टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले २३ ओभरमा ३ विकेट गुमाउँदै ७२ रन बनाएको छ ।

नेपालका कप्तान देव खनाल ४२ बलमा १ चौकासहित २१ तथा विशाल विक्रम केसी ४६ बलमा २ चौकासहित १२ रनमा नट आउट छन् । चौथो विकेटका लागि विशाल र देवले ८७ बलमा ४३ रनको साझेदारी गरेका छन् । सुरुवात भने राम्रो हुन सकेको थिएन ।

नेपालले बायाँ हाते ओपनर विपिन रावललाई २ रनमा गुमाएको थियो । विपिन तीव्र गतिका बलर मरुफ मृधाको चौथो ओभरको पाँचौं बलमा एज लागेर फस्ट स्लिपमा रिजवानबाट समातिन पुगेका थिए ।

त्यसपछि तेस्रो नम्बरका ब्याटर आकाश त्रिपाठी १३ बलमा ३ रन बनाउँदै क्याच आउट भएका थिए । उनी तीव्र गतिका बलर इकबाल हसनको आठौं ओभरको पाँचौं बलमा महफुजुर रहमान रबीबाट क्याच आउट भए ।

अफ साइडको फुल टस बलमा आकाश डिअफमा क्याच आउट भएका थिए । अर्को ओभरमा तीव्र गतिका बलर रोहनत डोउल्लाह बोस्रनको सट बल खेल्नेक्रमा नेपालका भरपर्दा ब्याटर अर्जुन कुमाल थर्डम्यानमा क्याच आउट भएका हुन् । अर्जुन २६ बलमा २ चौकासहित १४ रनमा आउट भए ।

 

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected