२१ फाल्गुन २०८२, बिहीबार
मुख्‍य समाचार राजनीति

थप तीन महिनाको लागि भुसाल त्रिवि उपकुलपतिमा पुनःनियुक्त

१६ माघ, काठमाडौं । सरकारले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा थप तीन महिनाको लागि प्रा.डा.शिवलाल भुसाल पुनः नियुक्त भएका छन् । भुसाल को पहिलो तीन महिनाको कार्यकाल मंगलबार (आज) सकिन अघि उनलाई पुन नियुक्ति गरिएको हो ।

१६ कात्तिकमा तत्कालीन उपकुलपति प्रा.डा.धर्मकान्त बास्कोटाको कार्यकाल सकिएपछि सरकारले १७ माघमा तत्कालीन रेक्टर प्रा.डा.शिवलाल भुसाल लाई तीन महिनाका लागि उपकुलपति नियुक्त गरेको थियो ।

सरकारले भुसाल लाई थप तीन महिनाको लागि पुनःनियुक्त गरिएको औपचारिक जानकारी आएको त्रिवि उपकुलपति कार्यलयले जनाएको छ । नयाँ उपकुलपति नियुक्त भइनसकेकोले उनलाई थप तीन महिनाको लागि पुनःनियुक्त गरिएको हो ।

सरकारले शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोक राईको नेतृत्वमा उपकुलपति छनोट तथा सिफारिस समिति गठन गरेको छ ।

समितिले २३ पुसमा उपकुलपतिको लागि दरखास्त आह्वान गरेको थियो । जसअनुसार ४३ जनाले उपकुलपतिका लागि आवेदन दिएका छन् । उनीहरुको छनौट प्रकृया शुरु भएको मन्त्रालय स्रोतले जनाएको छ ।

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।