६ चैत्र २०८२, शुक्रबार
मुख्‍य समाचार समाज सुदूरपश्चिम स्वास्थ्य

बाजुराको हिमाली गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर

बाजुरा । बाजुरा तथा देशकै सर्वाधिक विकट हिमाली गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । सिंगो गाउँपालिकाभर सञ्चालित शिविरबाट विभिन्न रोगका करिब एकहजार बढी विरामी लाभान्वित भएका छन् ।
दुर्गमका नागरिकको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै आयोजना गरिएको शिविरबाट पालिकाका ७ वटै वडाका नागरिकले सेवा पाएका हुन् । पालिकाका ३ ठाउँबाट यहाँका नागरिकलाई निःशुल्क रुपमा स्वास्थ्य सेवा प्रदान गरिएको थियो ।
गाउँपालिकाको धुलाचौर,कुवाडी र विच्छ्या गरी तीन ठाउँबाट सञ्चालित निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख राज बहादुर भण्डारीले बताएका छन् । उपचारका क्रममा ५ सय बढी पाठ्यघर समस्याका विरामी, १४८ जनाको दम, मुटुरोग, मृगौला परिक्षण, सुगर जाँच लगायत नसर्ने रोगको स्क्रीनिङ गरिएको भण्डारीले जानकारी दिए ।
त्यस्तै ६२ जनाको भिआई ए तथा पाठेघरको क्यान्सर हुनसक्ने जाँच गरिएको स्वास्थ्य शाखा प्रमुख भण्डारीले बताए । पाठेघर खसेका महिलाको उपचार सेवा सहित १४ जनालाई प्रयोगशाला क्षयरोग परिक्षण सेवा समेत दिइएको हो । हिमाली गाउँपालिका ५ कुवाडीका २६६ जनाले नसर्ने रोग ३८ जना महिलाले स्क्रीनिङ तथा पाठेघरको क्यान्सर परिक्षण र ४८ जनाले निशुल्क ल्याब सेवा लिएका छन् ।
दुर्गम ठाउँमा रोग पालेर बसिरहेका यहाँका नागरिकलाई शिविरले ठूलो राहत पुग्ने गाउँपालिकाले जनाएको छ । पछिल्लो समय गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा फड्को मारेको छ । पालिकाका सबै वडामा आधारभूत स्वास्थ संस्था स्थापना छन् । गाउँपालिकाको केन्द्र धुलाचौर, पाँडी, बोर्ता, क्युडी, बाम,गुम्बा लगायतका विकट बस्ती गरेर १४ वटा स्वास्थ्य चौकी स्थापना गरिएका छन् ।
पालिकाका स्थानीयबासी तथा सबै गर्भवती महिला,वृद्ध र बालबालिकाहरुले सामान्य उपचार सेवा गाउँमै पाउने व्यवस्था समेत गरिएको छ । पालिकाका नागरिकले सहज स्वास्थ सेवा सुविधा पाईरहेका छन् । पहिलेको तुलनामा अहिले गाउँपालिकाको स्वास्थ क्षेत्रमा बलियो सुधार भएको गाउँपालिका अध्यक्ष गोविन्द्र बहादुर मल्लले बताए ।
‘गाउँपालिकाको स्वास्थ्य क्षेत्र मात्रै नभई हरेक क्षेत्रमा बलियो सुधार भएको छ । हिमाली गाउँपालिका अहिले जिल्लाकै नमुना गाउँपालिकाको रुपमा परिचित छ’ मल्लले भने, ‘पटकपटक पालिकाका नागरिकको स्वास्थ्य जाँच गर्न शिविरको आयोजना गरिँदै आएको छ । जुन शिविरबाट दुर्गमका नागरिकको सहज स्वास्थ्य लाभ लिईरहेका छन् ।’
पालिकामा हरेक बर्ष निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने गरिएको अध्यक्ष मल्लले जानकारी दिए । हिमाली गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा सञ्चालन गरिएको स्वास्थ्य सिविरमा कोल्टी आधारभूत अस्पताल प्रमुख एमडिजिपि डाक्टर रञ्जितकुमार साह सहित स्वास्थ्यकर्मीको टोली गाउँ–गाउँ पुगेर सेवा दिएको हो ।
हिमाली गाउँपालिकाले विगतदेखि नागरिक उपचार सहायता कोष खडागरी सोही कोषबाट पालिकामा निःशुल्क सवास्थ्य शिविर सञ्चालन गर्ने गरेको छ ।आर्थिक अभावले घरमै रोग पालेका नागरिकको लागि निःशुल्क स्वास्थ्य शिविर वरदान सावित बन्ने गरेको छ ।

थप समाचारहरु

अर्थ समाज

कोशी सरकारको नीति तथा कार्यक्रम भोलि

३० जेठ, विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम जेठ ३१ गते सार्वजनिक गर्ने
समाचार समाज

जाजरकोटमा विवाह गर्न वडाको सिफारिस अनिवार्य !

(रासस)३१ जेठ, जाजरकोट। जाजरकोटको कुशे गाउँपालिका–९ले विवाहपूर्व अनिवार्य सिफारिस लिनुपर्ने नियम लगाएको छ । बालविवाह न्यूनीकरणका लागि भन्दै वडाले विवाहपूर्व