२८ फाल्गुन २०८२, बिहीबार
मुख्‍य समाचार लुम्बिनी विशेष समाचार

मकवानपुरमा प्रहरीमाथि आक्रमण, प्रतिकारमा गो*ली चल्दा एक घाइते

हेटौँडा । मकवानपुरको मनहरी गाउँपालिका–१ चकरी मकरी क्षेत्रमा प्रहरीमाथि आक्रमण भएपछि प्रतिकार स्वरूप प्रहरीले गोली चलाउँदा एक जना घाइते भएका छन् ।

बुधबार राति करिब ९ बजेको समयमा नेपाल प्रहरी गस्तीमा रहेका बेला सामान्य विवाद हुँदा शनिश तितुङ नाम गरेका व्यक्तिले अचानक बियरको बोतल र बन्चरो प्रयोग गरी प्रहरीमाथि साङ्घातिक हमला गरेका थिए ।

हमलापछि प्रतिकार स्वरूप असई दिलबहादुर तामाङले एक राउन्ड गोली चलाएका थिए। उक्त गोली तितुङको कोखामा लागेर उनी घाइते भएका छन् । घटनाका क्रममा तितुङले प्रहार गरेको बन्चरो लागेर असई तामाङको हातमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ ।

दुवै घाइतेलाई तत्काल एम्बुलेन्समार्फत हेटौँडास्थित चुरे हिल अस्पताल ल्याइएको थियो। गोली लागेका तितुङलाई थप उपचारका लागि चितवन मेडिकल कलेज, भरतपुर पठाइएको छ भने घाइते प्रहरी असई तामाङको उपचार चुरे हिल अस्पतालमै भइरहेको छ ।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीले प्रहरीमाथि आक्रमण गर्ने व्यक्तिलाई कडाभन्दा कडा कारबाही गरिने बताएका छन् ।

घटनापछि मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीसहितको सुरक्षा टोली अस्पताल पुगेको थियो । टोलीले घाइते प्रहरीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको छ । घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

थप समाचारहरु

प्रदेस समाचार लुम्बिनी समाज

तिनाउ र दानव नदीको बाढीमा फसेका २ जनाको सकुशल उद्धार

९ साउन,बुटवल । बुटवलको तिनाउ र दानव नदीको बाढीमा फसेका दुई जनाको सकुशल उद्धार गरिएको छ । बुटवल ११ मजुवास्थित
प्रदेस समाचार लुम्बिनी

सिद्धबाबा सुरुङ मार्गमा पहिरो, ‘स्लोप प्रोटेक्सन’ नै भत्कियो

९ साउन, बुटवल । निर्माणाधीन सिद्धबाबा सुरुङमार्गको प्रस्थान विन्दुमा पहिरो रोकथाम गर्न बनाइएको ‘स्लोप प्रोटेक्सन’ लाई पहिरोले भत्काएको छ ।