२६ फाल्गुन २०८२, मंगलवार
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

एमालेको नेतृत्व परिवर्तनबारे तत्काल निर्णय हुने संभावना छैन : रामकुमारी झाँक्री

काठमाडौं । नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले पार्टीको मत घट्नुका कारणबारे बैठक बसेर समिक्षा गरिने बताएकी छन् ।
राष्ट्रिय सभाको सदस्यमा नवनिर्वाचित भएकी झाँक्रीले पद तथा गोपनीयताको शपथ ग्रहणपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेकपा एमालेको मत घट्नुको कारणबारे पार्टीभित्र समिक्षा गरिने बताएकी हुन् ।
उनले भनिन्, ‘एमालेको मत घट्नुमा बैठक बसेर समिक्षा हुन्छ । बैठकको समिक्षाबाट नै यी कुराहरू बुझ्न सकिनेछ । हामी कहाँ चुक्यौँ, के गर्नुपथ्र्यो, जनताको अपेक्षा के थियो र के पूरा गर्न सकेनौँ भन्ने विषयमा समिक्षा गर्न बाँकी छ ।’
त्यस्तै उनले पार्टी नेतृत्व परिवर्तनको विषयमा तत्काल कुनै निर्णय नभएको पनि स्पष्ट पारिन् ।
‘तत्काल एमालेको नेतृत्व परिवर्तन हुन्छ वा हुँदैन भन्ने कुरा अहिले नै भन्न सकिने अवस्था छैन । यसबारे एजेण्डा नै बनेको छैन । पार्टीको बैठक बिना एजेण्डा बन्दैन,’ उनले भनिन् ।
प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपा एमाले तेस्रो स्थानमा झरेको छ । उक्त निर्वाचनमा पार्टी अध्यक्ष केपी शर्मा ओली समेत बालेन शाहसँग पराजित भएका छन् ।

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।