काठमाडौं । आईसीसी टी-२० विश्वकपको सुपर-८ अन्तर्गत आइतबार दुई खेल हुने भएका छ ।
भारतको इडेन गार्डेन मैदानमा आइतबार साँझ ७:१५ बजे सुरु हुने खेलमा भारत र वेस्ट इन्डिजबिच प्रतिस्पर्धा हुनेछ । यो खेलसँगै दुईमध्ये एक टिमले सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गर्नेछन् ।
आयोजकसमेत रहेको भारतका लागि यो खेल प्रतिष्ठाको लडाइँ हुनेछ भने टी-२० क्रिकेटको उच्च लयमा रहेको वेस्ट इन्डिज क्रिकेटको महाशक्ति भारतलाई हराउँदै सेमिफाइल पुग्न चाहन्छ ।
आजै समूह ‘एक’बाट सेमिफाइनल पुगिसकेको दक्षिण अफ्रिका र विश्वकपबाट बाहिरिएको जिम्बावेले प्रतिस्पर्धा गर्दैछन् ।
यो खेल आइतबार दिउँसो ३ बजेर १५ मिनेट जाँदा दिल्लीमा सुरु हुँदैछ । समेमिफाइनलमा प्रवेश गरिसकेको र विश्वकपबाट बाहिरिएको टिमको प्रतिस्पर्धा गर्न लागेको छ ।







