११ फाल्गुन २०८२, सोमबार
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

‘राजनीतिक अस्थिरताले भ्रष्टाचार मौलायो, एमाले सशक्त रूपमा चुनावमा’

काठमाडौं । नेकपा एमालेका सचिव तथा भक्तपुर जिल्ला क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार महेश बस्नेतले राजनीतिक अस्थिरताका कारण देशमा भ्रष्टाचार मौलाएको तथा सुशासन कायम हुन नसकेको बताएका छन् ।

भक्तपुरमा आयोजित एमाले उम्मेदवारहरूको चुनावी प्रतिबद्धता सार्वजनिक कार्यक्रममा बोल्दै दलहरू कमजोर र विभाजित हुँदा कुनै पनि दलले बहुमत प्राप्त गर्न नसक्ने र त्यसले राजनीतिक स्थिरता कायम हुन नसक्ने अवस्था सिर्जना भएको बताए ।

उनले भने, ‘दलहरु कमजोर हुँदा, दलहरु विभाजित हुँदा कुनै पनि दलले बहुमत प्राप्त गर्न नसक्दा राजनीतिमा स्थिरता कायम नहुने रहेछ । अस्थिर राजनीतिभित्र भ्रष्टाचार मौलाउने, सुशासन कायम हुन नसक्ने र राजनीतिभित्र अनेक विकृति र विसंगतीहरु देखिने जसको कारणले जनतामा एक खालको निरासा पैदा भैइरहेको त्यसमाथि पनि पछिल्लो समयमा सामाजिक सञ्जालको दुरुपयोग गरेर सोसल मिडिया फार्मिङ, न्यूज फार्मिङ जस्ता अनेक खालका फार्मिङहरु सुरु भएका छन् । त्यसले जनताका निरासा झन बढाउने काम गरेको छ । बलेको आगोमा घिउँ थप्ने काम भएको छ ।’

उनले अस्थिर राजनीतिले भ्रष्टाचारलाई प्रश्रय दिएको, सुशासन कमजोर बनाएको तथा विभिन्न विकृति र विसंगतिहरू जन्माएको बताए । यसकै कारण जनतामा निराशा बढ्दै गएको उनको भनाइ थियो । पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोग बढेको उल्लेख गर्दै उनले ‘सोसल मिडिया फार्मिङ’ र ‘न्युज फार्मिङ’ जस्ता गतिविधिले जनताको निराशा झन् बढाएको दाबी गरे ।

बस्नेतले यस्तो परिस्थितिमै निर्वाचन भइरहेको उल्लेख गर्दै सबै दलहरू चुनावमा सहभागी भइरहेको बताए । भदौ २३ र २४ गतेका घटनापछि समाज नै त्रसित बनेको जस्तो देखिएको उनको टिप्पणी थियो ।

एमाले सशक्त पार्टी भएको उल्लेख गर्दै उनले संसदमा मजबुत रूपमा उभिनका लागि पार्टीले चुनावमा सशक्त भूमिका खेलिरहेको बताए ।
उनले भने, ‘यस्तो अवस्थामा निर्वाचन भैइहेको छ र दलहरु निर्वाचनमा भाग दिइरहेका छन् । भदौ २३ र २४ गतेको घटनापछि हाम्रो सिंगो समाज सातो गएको बच्चाजस्तो देखिँदैछ । नेकपा एमाले सशक्त पार्टी हो र संसदमा सशक्त भएर उभिनको लागि चुनावमा सशक्त भूमिका खेल्दैछौं ।’

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।