१० फाल्गुन २०८२, आईतवार
खेलकुद बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

निरन्तर वर्षाका कारण न्यूजील्याण्ड र पाकिस्तानबीचको खेल रद्द

काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत सुपर आठको पहिलो खेल वर्षाले रद्द भएको छ ।
आइतबार श्रीलंकाको कोलम्बोमा हुने पाकिस्तान र न्यूजील्याण्डबीचको खेल वर्षाको कारणले रद्द भएको हो । खेल रद्द भएपछि दुवै देशले एक एक अङ्क बाँडेका छन् ।
यस खेलमा पाकिस्तानले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको थियो टस भएपछि सुरु भएको वर्षा नरोकिएपछि खेल रद्द गरिएको थियो ।
विश्वकपमा शनिबारबाट सुपर–८ का खेल सुरु भएका हुन् । २० राष्ट्र सहभागी प्रतियोगिताबाट आयोजक भारत र श्रीलंकासहित जिम्बावे, वेस्ट इन्डिज, दक्षिण अफ्रिका, पाकिस्तान, इंग्ल्यान्ड र न्युजिल्यान्ड सुपर–८ मा पुगेका छन् ।
सुपर–८ मा पुगेका टोलीमध्ये समूह एकमा भारत, दक्षिण अफ्रिका, वेस्ट इन्डिज र जिम्बावे तथा समूह दुईमा इंग्ल्याण्ड, न्युजिल्याण्ड, पाकिस्तान र श्रीलंका रहेका छन् ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected