८ फाल्गुन २०८२, शुक्रबार
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

पुराना दलहरुलाई रविको चुनौती : सबै दल मिलेर चुनाव लड्नुहोस्, घण्टी भर्सेस अल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सबै दलहरु एक भएर रास्वपासँग भिड्न चुनौती दिएका छन् । बिहीबार सुर्खेतमा आयोजित ‘हामी आयौं’परिवर्तन उद्घोष सभालाई सम्बोधन गर्दै उनले कसको कति मान्छे आए भनेर रास्वासँग फोटो भिडाउने काम भएको भन्दै चुनावमा भिड नभई मतपत्र भिडाउने बताए ।

उनले भने, ‘यहाँ कसको कति मान्छे आए भनेर फोटो भिडाउँदै छन् । आएनन् हाम्रो मान्छे भयो तपाईकै मान्छे आए । चुनावमा मतपत्र भिडाउने हो । भिड भिडाउन हामीलाई जरुरी छैन । हामी निर्वाचनबाट भाग्य बदल्ने काममा लागेको छौं । त्यो विश्वास पनि जनताको हो । अर्को एउटा अफर छ अहिले त्यस्तो पीर छ लोकतन्त्रको भने भए भरको सबै मिल्नुहोस् । एउटा दल बनाएर चुनाव लड्नुहोस् । अल भर्सेल वान । घण्टी भर्सेस अल । जतिबेला जनता जाग्यो त्यतिबेला कचकच गर्न पाइँदैन् । रास्वपासँग डराउनुपर्ने को त्यो डराओस् । जनता डराउनुपर्दैन् ।’

त्यस्तै अहिले चुनाव गर्नुहुँदैन चुनावले निकास दिँदैन भन्ने प्रतिक्रिया आइरहेको बताउँदै उनले जनताले भोटबाट आफ्नो तागत देखाउने यो उत्सवले नदिएर के ले निकास दिन्छ भन्दै प्रश्न गरे ।

रोडबाट भए रोडबाट, भोटबाट भए भोटबाट आउनुहोस् भनेर अफर गर्दै आफूहरुले रोडभन्दापनि भोटबाट परिवर्तन चाहेको धारणा राखे ।
‘अहिले चुनाव गर्नुहुँदैन, चुनाव सार्नुपर्छ भन्ने कुरा मैले कतै सुनिरहेको छु । चुनावले निकास दिँदैन भनेको सुनेको छु । चुनावले निकास दिँदैन भने के ले दिन्छ निकास ? लोकतन्त्रको ठूलो तागत जनताको तागत हो । जनताले भोटबाट आफ्नो तागत देखाउने यो उत्सवले नदिएर के ले दिन्छ ? आन्दोलनले ? एउटा अफर कर्णालीबाट गर्न चाहन्छु । रोडबाट भए रोडबाट भोटबाट भए भोटबाट आउनुहोस् । हामी चाहन्छौं भोटबाट परिवर्तन,’ उनले भने ।

सभापति लामिछानेले लोकतन्त्रलाई खतरा भएकाहरु हेलिकप्टर चडेर भागेको छ भन्दै त्यो सिंहदरबार र बालुवाटारमा ल्याण्ड भएमात्र फेरी खतरा पैदा हुने टिप्प्णी गरे । परिवर्तनको आगोको झिल्कोलाई र जनताको चेतानालाई कसैले चेतावनी दिन नसक्ने दाबी गर्दैै उनले लोकतन्त्रलाई जोगाउने ठेक्का कुनै नेता र पार्टीले लिन नपर्ने बताए ।

उनले भने,‘लोकतन्त्रको खतराको घण्टी बल्ल बज्यो ?जब जनता जागे तब तपाईहरुलाई लाग्यो खतरा छ । लोकतन्त्रलाई जुन खतरा थियो ।त्यो खतरा हेलिकप्टर चडेर भागेको छ वस् ल्याण्ड नहोस् । लोकतन्त्रलाई जब खतरा हुन्छ तब त्यो हेलिकप्टर सिंहदरबार र बालुवाटारमा ल्याण्ड हुन्छ । परिवर्तनको यो आगोको झिल्कोलाई जनताको चेतानालाई कसैले चेतावनी नदियोस् । लोकतन्त्रलाई खतरा छैन हामी जोगाउँछौं । कुनै नेताले ठेक्का लिनुपर्छ लोकतन्त्रको ? कुनै नेता र पार्टीले ठेक्का लिनुपर्देन जनताले बचाउँछन् ।

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।