२१ फाल्गुन २०८२, बिहीबार
मुख्‍य समाचार राजनीति

कांग्रेसको अभियानः समुदायमा जाऔं, जनताका कुरा सुनौं

११ माघ, काठमाडौं । नेपाली कांग्रेसले २०८० माघ १३ (बिहीबार) देखि २६ गतेसम्म ‘समुदायमा कांग्रेस’ अभियान सञ्चालन गर्ने भएको छ । अभियानलाई ‘समुदायमा जाऔं, जनताका कुरा सुनौं’ नारा तय गरेको छ ।

जनताका अपेक्षा, सुझाव र गुनासा सुन्ने गरी अभियान सञ्चालन गर्न लागिएको कांग्रेसले जनाएको छ । केन्द्रबाट खटिने प्रतिनिधिले स्थानीय स्तरमा सेवा प्रवाहको अवस्था, विकास निर्माण र समुदायमा भएका असल अभ्यासको अवलोकन गर्ने जिम्मेवारी दिइएको छ ।

जनताबाट आएका सुझावलाई सम्बन्धित तहमा कार्यान्वयनका लागि पहलकदमी लिने कांग्रेसले जनाएको छ । समुदायमा कांग्रेस अभियानले महासमिति वैठक लगायत पार्टीको नीति निर्माणका क्रममा नीतिगत मार्गदर्शन गर्ने उद्देश्य कांग्रेसले राखेको छ ।

अभियानको लागि जिल्लास्तरमा केन्द्रीय प्रतिनिधि खटिने छन् । जिल्लाले वडा तहमा प्रतिनिधि खटाउने गरी कार्यक्रम तय गरिएको छ। जनताका कुरा सुन्ने अभियानमा औपचारिक कार्यक्रम नहुने कांग्रेसले जनाएको छ ।

अभियानकै क्रममा १६ माघमा शहिद दिवसको अवसर पारेर ६ हजार ७४३ वडामा मात्र कार्यक्रम हुने गरी कार्यतालिका बनाइएको छ । अभियान अन्तिम दिन माघ २६ गते सुशील कोइरालाको स्मृति दिवससँगै कार्यक्रम समापन हुनेछ ।

 

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।