२७ माघ २०८२, मंगलवार
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

निवर्तमान सभापति देउवासँग निरन्तर संवादमा छु : सभापति थापा

काठमाडौं । नेपाली काङ्ग्रेसका सभापति गगन थापाले नेपाली काङ्ग्रेस एक ढिक्का भएर फागुन २१ गतेको निर्वाचन तर्फ अगाडि बढि रहेको बताएका छन् ।
मधेश प्रदेश कार्यसमिति र प्रतिनिधि सभा सदस्यका उम्मेदवारहरुको विशेष कार्यक्रममा उनले नेपाली काङ्ग्रेसको निवर्तमान सभापति र पार्टीका अन्य नेताहरुसँग निरन्तर संवादमा रहेको भन्दै फागुन २१ गतेको निर्वाचन एकसाथ अगाडि बढ्ने तयारी गरिरहेको बताइ ।
उनले भने, ‘अहिले नेपाली काङ्ग्रेसको निवर्तमान सभापति शेर बहादुर देउवासँग निरन्तर संवादमा छु, पार्टीका अन्य नेताहरुसँग पनि निरन्तर संवादमा छु । नेपाली काङ्ग्रेस पार्टी एक ढिक्का भएर फागुन २१ गतेको निर्वाचन तर्फ अगाडि बढि रहेको छ । त्यसैले कही कतै कसैले पनि हिजोको कुरालाई लिएर मनमा केही नराख्नु होला ।’
फागुन २१ पछि पनि पार्टीका सबै जना सदस्यहरु एक ढिक्का भएर मिलेर अगाडि बढ्ने पनि उनको भनाई छ ।
पार्टीभित्र कुनै गुट नरहेको भन्दै हिजोका कुराहरु बारेमा अड्किएर बस्ने सुविधा कसैसँग पनि नरहेको पनि बताए ।

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।