३० फाल्गुन २०८२, शनिबार
कर्णाली मुख्‍य समाचार राजनीति विशेष समाचार

राष्ट्रियसभा निर्वाचन : कर्णालीमा मतदान शुरु

सुर्खेत । राष्ट्रियसभा निर्वाचनमा मतदान शुरु भएको छ । राष्ट्रियसभामा रिक्त हुने १९ सदस्यका लागि आज निर्वाचन हुँदैछ ।

कर्णालीबाट रिक्त हुने दुई पदका लागि तीन दलका पाँच जना उम्मेदवार चुनावी मैदानमा छन् ।

प्रदेश निर्वाचन निर्वाचन कार्यालयमा स्थापना गरिएको मतदान केन्द्रमा भएको मतदानमा कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले पहिलो मतदान गरेका छन् ।
कर्णालीमा रिक्त हुने दुई पदका लागि चार जना चुनावी प्रतिस्पर्धामा छन् । कांग्रेस–एमालेको गठबन्धनबाट नेपाली काँग्रेसका ललित शाही र नेकपा एमालेका मिना सिंह रखाल उम्मेदवार छन् । नेकपाल्े दुर्गा शर्मा र अन्नु महतारा शाहीलाई उम्मेदवार बनाएको छ ।

राष्ट्रिय सभा निर्वाचनमा कर्णालीबाट नेकपाले पाउने एक सिट गुमाउने देखिएको छ । एमालेले एक सिट जोगाउन सफल हुने छ भने काँग्रेसले कर्णालीमा एक सिट थप्ने आँकलन गरिएको छ ।

कर्णाली प्रदेशसभा सदस्य र पालिका प्रतिनिधिको मतभारमा कांग्रेस–एमालेको बहुमत छ । दुई दलको कुल मतभार तीन हजार ५८ छ ।

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।