६ माघ २०८२, मंगलवार
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

मनोनयन दर्तापछि कुलमानले भने : अत्याधिक मतले जित हासिल गर्छु

काठमाडौं । उज्यालो पार्टी नेपालका अध्यक्ष कुलमान घिसिङले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि मनोनयन दर्ता गराएका छन् ।
मंगलबार काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ बाट उनले मनोनयन दर्ता गराएका हुन् ।
मनोनयन दर्तापछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले आफूलाई क्षेत्र नम्बर ३ का जनताले धेरै माया र विश्वास गर्ने बताउँदै भारी मतकासाथ आफूले जित हासिल गर्ने दाबी गरे ।
उनले भने,‘नेपाली जनताले माया गर्नुभएको छ । विश्वास गर्नुभएको छ । त्यसैले मलाई विश्वास गर्नुहुन्छ, जिताउनुहुन्छ भन्ने कुरामा पूर्ण विश्वास छ । सबैले जित्छु भन्ने सम्भावना बोकेर नै आउनुहुन्छ । उहाँहरुलाई शुभकामना दिनुपर्छ । तर मलाई यो क्षेत्रबाट अत्याधिक मतले जनताले जिताएर पठाउनुहुन्छ भन्ने पूर्ण विश्वास छ ।’
देशमा भएको भ्रष्टाचारको विरुद्ध र सुशासनको लागि आफूहरु अगाडि आएको बताउँछै जनताको अनअपेक्षा र जेनजीको माग अनुसार काम गर्ने उनले प्रतिबद्धता जनाए ।

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।